Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको दुई वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

प्रत्यूष ३६८ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २०, बिहिबार (३ साल अघि)
धादिङको दुई वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

धादिङ,२० असोज ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि धादिङको दुई वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहिबार एक कार्यक्रमका बिच गल्छी गाउँपालिका वडा नं. ६ महेश दोभानमा रहेको शहरी विकास कार्यालयको भवनमा धादिङ क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

त्यस्तै धादिङबेशी स्थित जिल्ला समन्वय समितिको हाताभित्र रहेको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा धादिङ क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

धादिङ जिल्ला अदालतका न्यायधिश स्वीकृति पराजुलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा धादिङ क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्नुभएको थियो भने धादिङ क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय निर्वाचन अधिकृत कृष्ण कुमार कार्कीले उद्घाटन गर्नुभएको थियो । निर्वाचन आयोगले जिल्ला न्यायधिश पराजुलीलाई मुख्य निर्वाचन अधिकृत खटाएको छ ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पराजुलीले स्वच्छ र भयरहित वातावरणमा निर्वाचन हुने बताउँदै निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

धादिङमा कुल मतदाता संख्या दुई लाख ६५ हजार ९९६ रहेको छ ।यसैगरी मतदाता संख्याको आधारमा १ सय १४ मतदान स्थल अन्तर्गत ३०३ मतदान केन्द्र रहने छ । अहिले ५ वटा मतदानस्थल थप भएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

धादिङमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको छ । जसमा क्षेत्र नं १ को ‘क’ मा ७३ हजार १५७ मतदाता, २८ मतदान स्थल र ७९ मतदान केन्द्र रहेको छ भने ‘ख’ मा ५९ हजार १९७ मतदाता, २५ मतदान स्थल र ६९ मतदान केन्द्र रहेको छ ।

त्यसैगरी क्षेत्र नं २ को ‘क’ मा ७० हजार ७०१ मतदाता, २५ मतदान स्थल र ७८ मतदान केन्द्र रहेको छ भने ‘ख’ मा ६२ हजार ९४१ मतदाता, ३६ मतदान स्थल र ७७ मतदान केन्द्र रहेको छ ।

निर्वाचन अधिकृतको कार्यालय उद्घाटनसंगै मंसिर ४ गते हुने चुनाव लक्षित गतिविधि बढ्दै गएको छ । आयोगले यहि असोज २३ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

  • सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

  • आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

  • वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution