काठमाडौँ,१३ असोज ।
राष्ट्रिय मानवअधिकार आयोगले दशैं, तिहार तथा छठ बिदामा आयोगको कार्यालय खुला रहने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
आयोगको केन्द्रिय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैं, तिहार तथा छठ बिदाका दिनहरुमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् ।
‘आम नागरिकको मानवअधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विगतमा झै यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको हो,’ विज्ञप्तिमा भनिएको छ ।
यस अवधिमा आयोगले मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्नेछ ।



प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
| प्रधानसम्पादक : | बद्रि अधिकारी |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |