Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै

प्रत्यूष २३३ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १२, बुधबार (२ साल अघि)
आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै

नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ ।

पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता ।
प्रसादां तनुते मह्यं चन्द्रघण्टेति विश्रुता ।।

चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो । बाघलाई वाहन बनाई १० हातमा खड्ग, बाण, त्रिशूल आदि अस्त्रशस्त्रले सुसज्जित देवी चन्द्रघण्टाको स्वरुप शान्तिदायक र काल्याणकारी रहेको छ ।

असत्यको नाश र सत्यको रक्षाको लागि देवीले चन्द्रघण्टाको रुप धारण गरेको श्रीमद् देवीभागवत पुराणमा उल्लेख छ । शारीरिक तथा मानसिक कष्टबाट छुट्कारा पाउन चन्द्रघण्टा देवीलाई पूजिन्छ ।

चन्द्रघण्टा देवीलाई दुध अथवा दुधबाट बनेको परिकारहरू चढाउने चलन छ । दुधका परिकारहरू चढाउँदा देवी प्रशन्न हुने जनविश्वास छ । नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, काभ्रेको नाला भगवती, काभ्रेकै पलाञ्चोक भगवती मन्दिर, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख बरामद

    उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख बरामद

  • बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

    बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

  • प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

  • कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

    कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २४ गते मंगलबार

    २०८२ भाद्र २४ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख बरामद

    उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख बरामद

    बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

    बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

    कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution