Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

तातोपानी सुख्खा बन्दरगाह भन्सार सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

प्रत्यूष ३१४ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ११, मंगलबार (३ साल अघि)
तातोपानी सुख्खा बन्दरगाह भन्सार सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

तातोपानी  । नेपाल-चीन व्यापारिक केन्द्र तातोपानीस्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन तथा व्यस्थापन निजी क्षेत्रमार्फत सञ्चालनमा आएको छ ।

समिति र ट्रान्स सिल्कबीच २९ भदौमा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार ट्रान्स सिल्कले औपचारिक रुपमा सोमबार बन्दगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिएको  छ ।

लार्चास्थित सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको उद्घाटन साेमबार च्याम्बर अफ कमर्शका पूर्वअध्यक्ष तथा पूर्वपर्यटन राज्यमन्त्री डा. राजेशकाजी श्रेष्ठले गरे । साे क्रममा उनले भने, ‘चीनतर्फ सानो समस्या आउने बित्तिकै नाका बन्द गर्ने गरेको छ । तर नेपाल सरकारले आफ्नो क्षेत्रमा सडक समेत मर्मत नगरेर झनै समस्या बनाएको छ ।’

ट्रान्स सिल्क टर्मिनल प्राइभेट लिमिटेडका डाईरेक्टर रमेश शेर्पाले सुख्खा बन्दरगाहको व्यवस्थापकीय जिम्मेवारीका लागि आफू एक्लैले गर्न सक्ने भए पनि विराटनगरको ट्रान्स नेपाल जेबी कम्पनीको समेत फर्म राखेर टेन्डर प्राप्त गरेको बताए ।

यो बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापन कार्य निजी क्षेत्रलाई दिन समितिले गएको ११ जेठमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । जसमा फ्लास फ्रेट लजिस्टिक, भ्याली टर्मिनल जेभी काठमाडौँ र ट्रान्स नेपाल जेभी विराटनगरले आवेदन हालेका थिए । प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट सबैभन्दा बढी अंक प्राप्त ट्रान्स नेपाल जेभी विराटनगर छनोट भएको हो ।

ट्रान्स सिल्कले बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गरेबापत समितिलाई पाँच वर्षको ११ करोड ७० लाख रुपैयाँ बुझाउने छ । बन्दरगाह सञ्चालन, सरसफाई, गोदाम व्यवस्थापन, लोडअनलोड, पार्किङ व्यवस्थापन लगायत काम अब ट्रान्स सिल्कले गर्ने छ । निजी क्षेत्रलाई जिम्मेवारी दिएसँगै तातोपानी सुख्खा बन्दरगाह भन्सार व्यवस्थित ढंगले सञ्चालन हुने समितिको दाबी छ ।

आगामी पाँच वर्षको लागि यो सुख्खा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी ट्रान्स सिल्क टर्मिनल प्राइभेट लिमिटेडलाई दिएको इन्टर मोडेल यातायात विकास समितिले यसअघिनै घोषणा गरिसकेको थियो ।

तातोपानी नाकामा रोकिएका कन्टेनर भित्रिँदै

तातेपानी नाका आंशिक रुपमा खुल्ला भएसँगै अहिले तातोपानी नाकाबाट चीनतर्फ रोकिएका कन्टेनर भित्रिन थालेका छन् । दसैँतिहारको मुखमा व्यापारीले सोचेअनुसार सामान भित्र्याउन नपाउँदा कतिपयले विकल्प समेत सोच्न थालेका छन् ।

विषेश व्यापार हुने समयमा आवश्यक सामग्री बोकेका कन्टेनर नभित्रिँदा व्यापारीहरूले हरेक वर्ष समस्या झेल्दै आइरहेका छन् । साथै, नाकाको सडक वर्षैदेखि जीर्ण भए पनि यसको निर्माण र मर्मतमा सरकारको ध्यान जान अझै सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

  • धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

  • सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ६ गते आईतबार

    २०८२ पुस ६ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution