Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर २२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सन्दर्भ दशैं विदाको (सम्पादकीय)

प्रत्यूष ४३९ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १०, सोमबार (३ साल अघि)
सन्दर्भ दशैं विदाको (सम्पादकीय)

धादिङ,१० असोज ।
नेपालीहरुको महानपर्व विजयादशमी सुरु हुन केही दिन बाँकी नै रहेको अवस्थामा सरकारी कर्मचारीहरु विदामा जान सुरु गरेका छन् । सरकारी कार्यालय खोलेर नागरिकलाई सेवा दिनुपर्ने सरकारी कर्मचारीहरु नै विदा भन्दा चाँडो आफैं विदामा जानु आश्चर्यको कुरा हो ।

पछिल्लो केही दिनदेखी दशै विदामा घर जाने कर्मचारीहरुको संख्यामा तिव्रता आएको स्थानीय तहमा कार्यालय खोलेर बसेका केही कर्मचारीहरुले प्रतिक्रिया दिएका छन् ।

अहिले स्थायी कर्मचारीहरु विदामा बस्ने र कार्यालयको काममा अस्थायी तथा करारका कर्मचारीहरुलाई कार्यालय खोल्ने र सेवा प्रवाह नियमित चलाउन निर्देशन गर्ने गरेको समेत गुनासाहरु प्राप्त भएका छन् ।

सरकारी कार्यालय खोलेर नागरिकलाई सेवा दिनुपर्ने कर्मचारीहरु एकाएक विदामा बस्न कसले अनुमति दिईरहेको छ ? के स्थायी कर्मचारीहरु अधिकाँश विदामा जाने र करारका अधिकाँश कर्मचारीहरुले कार्यालय खोलेर बस्नुपर्ने हो ? लोकसेवा पास गरेर सेवा दिन आएका कर्मचारीहरु दशैं विदामा घर जान किन चाँडै गरेको ?

के स्थायी कर्मचारीहरुको घर टाढा भएका कारण नै चाँडो विदा दिनुपर्ने हो र ? घटस्थापना आउनुभन्दा पनि केहि दिन अघिदेखी कर्मचारीहरुलाई विदा दिनुपर्ने होइन । बास्तविक दशैँ विदालाई हेर्ने हो भने आगामी शुक्रबारसम्म कार्यालय खोलेर सेवा दिनुपर्ने हुन्छ । शनिबारदेखी कार्यालय बन्दहुने र आइतबारदेखी असोज २२ गतेसम्म कार्यालय बन्द हुने क्यालेन्डरमा रहेको छ तर त्यस यता वा अघिदेखी नै कार्यालयको सेवा प्रभावित हुनु त्यति सान्दर्भिक होइन ।

यतिवेला सरकारी कर्मचारीहरु विदामा गैसकेको त एउटा कुरा हो उनीहरु कार्यालय फर्कने समय कहिले हो त्यो पनि थाहा छैन । अहिले दशेैँ विदामा गएका कर्मचारी तिहारसम्म विदामा रहने र तिहारपछि लगतै छठ पर्व सुरु हुने भएका कारण मधेष प्रदेश लगायतका तराईमुलका कर्मचारीहरु छठ पछि मात्रै सेवामा फर्कने अनुमान गरिएको छ ।

विगतका वर्षहरुमा पनि त्यस किसिमको समस्या देखिएकोले यो वर्ष पनि नहोला भन्न सकिदैन यसकारण जुन कार्यालयको सेवा लामो समय अवरुद्ध हुन्छ त्यो कार्यालयको जिम्मा त्यहि कार्यालयको कार्यालय प्रमुखले लिनुपर्ने हुन्छ यसर्थ समयमै कार्यालयको काम नियमितता र भरपर्दो बनाउन लागिपर्नु पर्ने देखिन्छ ।

हुनत सरकारी कार्यालयहरु बन्द गर्न नमिल्ने र कार्यालय बाहिर जाँदा बाहिर रहनुपर्ने कामको कारण सहितको कार्य स्वीकृति लिएर मात्र जानुपर्ने हुन्छ । पछिल्लो समय त्यस खालको काममा फलोअप गर्ने कामभने गरिएको छैन । नागरिकको तर्फबाट पनि त्यस खालको काममा खबरदारी गर्ने गरिएको पाइदैन ।

कतिपय सेवा लिन कार्यालय पुगेकाहरु पनि कर्मचारी नभेटिदा ठीकै छ त भन्ने र सेवा नलिई कार्यालय फर्कने गरेको पाइन्छ । कार्यालयमा कर्मचारी नभेट्दा र आफूले सेवा नपाउँदा के कारणले नपाएको ? भन्ने खालको प्रश्न मात्रै खडा गर्ने हो भने पनि हाम्रा कार्यालय केही हदसम्म सुध्रन सक्नेछन् । कार्यालय सुधार गर्नतर्फ लागौं यसमा आम नागरिकको हित हुनेछ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

    भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

  • सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

  • सप्तकोशीमा डल्फिन गणना

    सप्तकोशीमा डल्फिन गणना

  • प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

    प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर २१ गते आईतबार

    २०८२ मंसिर २१ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

    धादिङ चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

    एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा

    एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा

    अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

    अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

    सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

    सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution