Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण १६, शुक्रबार २० : ०६ : ३०
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नजिकियो चाडपर्व(सम्पादकीय)

प्रत्यूष ४६६ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ४, मंगलबार (२ साल अघि)
नजिकियो चाडपर्व(सम्पादकीय)

धादिङ,०४ असोज ।
हिन्दु नेपालीहरुको महान चाड विजया दशमी नजिकिएको छ । अबको एक साता पश्चात घटस्थापना आउँदैछ भने दुई साताभित्र आम नागरिकहरु मध्य दशैं मनाइरहेका हुनेछन् । दशैंको समयलाई व्यवस्थित बनाउन भन्दै यातायात व्यवसायीहरुले टिकट बुकिङ खुला गरिसकेका छन् भने आम सर्वसाधारणबाट पनि घर विदामा जान यातायातको टिकट काट्न व्यस्त छन् ।

यसकारण पनि अहिले दशैं विदामा जाने तयारी यात्रुहरुबाट भैरहेको छ । यतिमात्रै होइन अहिले सरकारको तर्फबाट पनि विजया दशमीलाई सभ्य र व्यवस्थित वनाउन सरकारी तयारीहरु गरिरहेको छ ।

स्थानीय सरकारले गाउँ गाउँसम्म यात्रा गर्ने सर्वसाधारणको यात्रा कसरी सफल वनाउने भन्ने विषयदेखीको चासो देखाईरहेको बुझ्न सकिन्छ भने प्रदेश र संघीय सरकारले पनि आफ्नो ठाउँबाट काम गरिरहेको छ । समग्रमा भन्नुपर्दा सरकारको तीन तह स्थानीय सरोकारवालाहरुदेखी सम्पूर्ण सरोकारवालाहरुको चासो दशैंपर्वलाई भव्य सव्य र व्यवस्थित बनाउनुपर्छ भन्ने पक्षमा छन् ।

दशैं पर्वमा विशेषगरी आम सर्वसाधारणले आफ्नो जन्मभुमीमा जाने पूख्र्यौली गाउँसम्म पुग्ने र आफ्ना घर परिवार इष्टमित्रसँग खुसीयाली साटेर टीका जमरा लगाई आशिर्वाद लिने प्रचलन रहेको कारण पनि हरेक दशैंमा आम नागरिकहरु शहर छोडी गाउँ फर्कने गर्दछन् । सरकारले नागरिकको यात्रा सफल र सहज बनाउनैकै लागि निकै ठूलो तयारी गर्दै आएको छ ।

स्थानीय स्तरमा संचालन हुनेदेखी लामो यात्रामा रहने यातायात व्यवसायीहरुसंगै यात्रुहरु पनि चाडपर्वको बेला आफ्नै गाउँसम्म यातायातमा जान पाउँ भन्ने चाहना हुन्छ सरकारले यात्रा सजिलो बनाउन नसक्दा ठूलो आलोचना सहनुपर्ने हुन्छ ।

यसकारण पनि यतिखेर स्थानीय सरकार दशैंको बेला आफ्नो गाउँ टोलसम्मका सडकहरु कसरी सफाई गर्ने भन्नेमा छन् कतिपय स्थानीय तहले अहिलेदेखी नै दशैंबाटो मर्मतको काम सुरु गरिसकेका छन् भने कतिपयले सूचना निकालेर आगामी दशैंबाटो मर्मतको लागि आवश्यक साधन सूचिकृत हुनदेखी कोटेशन माग लगायतका कामहरु गरेका छन् यसले संघ र प्रदेश सरकार भन्दा पनि स्थानीय सरकार जनताको काम गर्न एक कदम अगाडि भएको बुझ्न सकिन्छ ।

करिब २ साताको अवधिमा मात्रै राजधानी काठमाण्डौबाट मात्रै करिब ५० लाख भन्दा धेरै नागरिकहरु बाहिरिने गरेको विभिन्न तथ्याँकको आधारमा बुझ्न सकिन्छ । यति ठूलो संख्याका नागरिकहरु आवत जावत गर्दाको खर्चको अनुमान गर्ने हो भने यो निकै धेरै हुन सक्छ यसकारण नागरिकहरुले यति धेरै खर्च गरेर मनाउने नेपालीहरुकै मुख्य चाड वडादशैंमा संघ र प्रदेश सरकारको सहयात्रामा सवारी साधनको परिचालनदेखी शान्ति सुरक्षालाई महत्वपूर्ण रुपमा लिनु पर्दछ, यात्रुहरु आवत जावत सहज बनाउन र शान्ति सुरक्षामा ध्यान दिन सकियो भने सरकारको तर्फबाट अरु काममा खासै भूमीका खेल्नु पर्दैन ।

यसमा सरकारी निकायको ध्यान जाओस् । सम्भावित आपराधिक घटना घट्ने क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सेना प्रहरीको उचित परिचालन, यातायात व्यवसायीहरुलाई कडा निगरानी तथा परिचालन लगायतका कामहरु प्राथमिकतामा राखेर सरकारले यात्रुको यात्रा सफल बनाउन भूमीका खेलोस् ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

  • सप्तकोशीमा डल्फिन गणना

    सप्तकोशीमा डल्फिन गणना

  • प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

    प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

  • बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा

    बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन १२ गते सोमबार

    २०८२ साउन १२ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

    पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

    नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

    नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

    बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

    बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

    ‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

    ‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    pratyushdainik@gmail.com

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution