Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै

सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोसी प्रदेशबाट सुरु हुँदैछ ।
रासस ३५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १३, आईतबार (३ घण्टा अघि)
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै

काठमाडौँ, १३ मङ्सिरः सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोसी प्रदेशबाट सुरु हुँदैछ ।

नेपाली सेनाका सहायकरथी एवं सैनिक प्रवक्ता राजेन्द्र श्रेष्ठका अनुसार यस वर्षको सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेकोे छ ।

यस पटक यही मङ्सिर १४ देखि २५ गतेसम्म कोसी र बागमती प्रदेशका २४ जिल्लाका भूपूसैनिकलाई समेट्ने गरी २० स्थानमा हुने सम्मेलनमा करिब ५५ हजार भूपूसैनिकको सहभागिता रहने अनुमान गरिएको छ ।

पहिलो चरणमा यस वर्ष पूर्वी पृतनाअन्तर्गत सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, उदयपुर, खोटाङ र सोलुखुम्बुमा सम्मेलन हुनेछ ।

हरेक प्रधान सेनापतिको कार्यकालमा प्रत्येक प्रदेशमा एकपटक आयोजना गरिने सम्मेलनलाई वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी गरिँदै आएको छ । पृतनाको मुख्यालयमा हुने सम्मेलनलाई प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गर्नुहुने छ ।

भूपूसैनिक सम्मेलनसम्बन्धी गतिविधि समेटिएको नेपाली सेनाद्वारा राससलाई उपलब्ध लेख यस प्रकार छः

‘भूपू सैनिक सम्मेलन २०८३’

नेपाली सेनाले करिब एक लाख अवकाश प्राप्त सैनिकबीच पुनर्मिलन गराउने हेतुले विसं २०७० बाट भूतपूर्व सैनिक सम्मेलन सञ्चालन गर्दै आइरहेको छ । ‘एक पटकको सिपाही, जीवन रहेसम्म सिपाही’ रहने हुँदा अवकाश प्राप्त सैनिकका आश्रित परिवारको शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्ने, सुविधा तथा सहुलियत प्रदान गर्ने र सीप तथा स्वरोजगार कार्यक्रम सैनिक कल्याणकारी कोषले सञ्चालन गर्दै आइरहेको छ ।

हरेक प्रधान सेनापतिको कार्यकालमा एकपटक सञ्चालन गरिने भूतपूर्व सैनिक सम्मेलनलाई वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी प्रत्येक चरणमा निश्चित प्रदेशमा कार्यक्रम सञ्चालन गरी तीन वर्षमा देशभर सञ्चालन हुँदै आइरहेको छ । यस वर्ष सञ्चालन हुने भूपूसैनिक सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेको छ ।

सैनिक व्यक्तिको अवकाशपछिको जीवनमा थप ऊर्जा प्रदान गर्ने, एकापसमा भेटघाट गरी आफ्ना सुख–दुःखका अनुभव साट्ने, बहालवाला सैनिक र अवकाश प्राप्त सैनिकबीच सामीप्यको भावना जागृत गराउने, नेपाली सेनाद्वारा सञ्चालित विविध कल्याणकारी कार्यहरूको जानकारी गराई अझै समयानुकूल सुधारका लागि थप राय–सुझावहरू सङ्कलन गरी प्रभावकारी बनाउने उद्देश्यले भूपूसैनिक सम्मेलन आयोजना हुँदै आएको छ ।

भूपूसैनिक सम्मेलन समग्र राष्ट्र तथा नेपाली सेनाका लागि पूर्वसैनिकले सेवारत रहँदा पु¥याएको सेवा र समर्पणको यथोचित सम्मान पनि हो । भूपूसैनिक सम्मेलनले समाजमा छरिएर रहेका भूपूसैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिबीच पुनर्मिलन गरी आपसी भाइचाराको विकास गर्दै अपनत्वको भावना कायम गर्नाका साथै भूपूसैनिक तथा एकल महिला र आश्रित परिवारहरूको आर्थिक, सामाजिक एवम् भौतिक जीवनस्तरमा सुधारका लागि महत्वपूर्ण पक्षहरू जस्तै शिक्षा, स्वास्थ्य, स्वरोजगार, पुनः रोजगार तथा आवासजस्ता कल्याणकारी आवश्यकताहरूको सम्बोधन गर्दै आइरहेको छ ।

यस किसिमका सम्मेलनमार्फत सेनाप्रति समर्पित भूपूसैनिक तथा एकल महिलाहरूको सञ्जाल निर्माण तथा सोको परिचालन गरी नियमित सेना र भूपूसेनाबीच आपसी हितका लागि सहकार्यको वातावरण सृजना गर्नाका साथै भूपूसैनिक व्यक्तिहरू र प्रधान सेनापतिबीच प्रत्यक्ष अन्तरक्रिया तथा छलफल गर्न कोसेढुङ्गा साबित भएको छ । यस वर्ष योजना गरिएको भूपूसैनिक सम्मेलनमा कोसी प्रदेश र बागमती प्रदेशका करिब ५५ हजार जनाको उपस्थितिरहने अनुमानसहित मङ्सिर महिनाको तेस्रो र चौथो हप्ता गरी तीन चरणमा भूपूसैनिक सम्मेलन २०८३ सञ्चालन गर्न लागिएको छ ।

यस वर्ष पूर्वी पृतनाअन्तर्गत सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, उदयपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा मध्य पृतनाअन्तर्गत चितवन, मकवानपुर, धादिङ, नुवाकोट र रसुवा तथा उपत्यका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी कुल २४ जिल्लाका २० स्थानमा यही मङ्सिर १४ देखि २५ गतेसम्म आयोजना हुनेछ ।

अवकाश प्राप्त सैनिक एवं पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई लक्षित गरी सञ्चालन हुँदै आएको भूपूसैनिक सम्मेलनले विशिष्ट महत्व बोकेको छ । यस किसिमका सम्मेलनले हिताधिकारीको आत्मीयता, भरोसा एवं विश्वास बढ्दै गएको महसुस गरिएको छ भने सम्पूर्ण हिताधिकारीहरूको प्रतिष्ठा र आत्मसम्मानमा पनि वृद्धि भएको पाइन्छ । स्थान विशेषमा रहेका हिताधिकारीहरूको चाहना, आवश्यकता, रायसुझाव र गुनासाहरू नेतृत्व तहबाट स्थान विशेषमै गएर बुझी उनीहरूको समस्या समाधान गराउनेतर्फ ठोस निर्णय लिन पनि यस प्रकारका कार्यक्रम फलदायी हुनाका साथै कल्याणकारी सेवासुविधालाई अझै परिमार्जित र परिष्कृत गर्दै लैजान मद्दत पुग्ने विश्वास लिइएको छ ।

  • इलाम
  • काठमाडौँ
  • झापा
  • ताप्लेजुङ
  • नेपाली सेना
  • पाँचथर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • धादिङको नेत्रावतीको विद्यालयमा रक्तसमूह पहिचान

    धादिङको नेत्रावतीको विद्यालयमा रक्तसमूह पहिचान

  • पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

    पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

  • Post Thumbnail

    बाला चतुर्दशीको तयारी र सुरक्षा व्यवस्थापन अघि बढाइयो

  • Post Thumbnail

    गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    क्षतिग्रस्त खानेपानी आयोजनाको पूर्वाधार पुनःनिर्माण सुरु

    दशौँ राष्ट्रिय खेलकुद:आर्मी र कोशी  सेमिफाइनलमा

    दशौँ राष्ट्रिय खेलकुद:आर्मी र कोशी सेमिफाइनलमा

    Post Thumbnail

    एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

    रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी

    रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution