Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भद्रपुर

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

झापाको हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालयले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २८, शनिबार (१८ घण्टा अघि)
Post Thumbnail

भद्रपुर (झापा), २८ कात्तिक: झापाको हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालयले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको छ । बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी गएिकाले प्रशासनले समयमा बाली भित्र्याउन आग्रह गरेको हो ।

शुक्रबार बिहान हात्तीको आक्रमणबाट बुद्धशान्तिमा एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहितको टोली हात्ती प्रवेशको मुख्य बिन्दु बाहुनडाँगी पुगेको थियो ।

भारतबाट जङ्गली हात्ती नेपाल प्रवेश गर्ने मुख्य नाका मेचीनगर नगरपालिका-४ बाहुनडाँगी पुग्दा किसानहरू पाकेर पहेँलपुर भएको धान काट्न र ढुवानी गर्न व्यस्त थिए । स्थानीय जनप्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, डिभिजन वन कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीको समन्वयमा किसानहरू बाली भित्र्याउन जुटेका थिए ।

स्थलगत अवलोकनका क्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले किसानको पाकेको बाली जोगाउनु अहिलेको प्राथमिकता भएको बताउनुभयो । “किसानले दु:ख गरेर लगाएको बाली हात्तीबाट जोगाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउँछौँ । बाली भित्र्याउने समयसम्म हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्छौं”, उहाँले भन्नुभयो, “किसानले पनि पाकेको बाली सकेसम्म ढिला नगरी समयमै घर भित्र्याउनुहोला ।”

स्थानीय किसानले कम्तीमा पाँच दिनसम्म हात्तीको प्रवेश नियन्त्रण गर्न सके पाकेको धानबाली सुरक्षित रूपमा भित्र्याउन सकिने भन्दै प्रशासनसँग आग्रह गरेका थिए । किसानको माग सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लाबाट थप सुरक्षा जनशक्ति परिचालन गरी स्थानीय समुदायसँगको समन्वयमा हात्तीको प्रवेश नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको थियो ।

स्थलगत अवलोकनपछि मेचीनगर-४ का वडाध्यक्ष अर्जुन कार्कीको पहलमा किसान, सङ्घसंस्थाका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखबीच अन्तरक्रियासमेत भएको थियो । हात्ती नियन्त्रणका लागि खटिएको सुरक्षा टोलीलाई प्रमुख जिल्ला अधिकारी पोखरेलले टर्चलाइट र हाते माइक हस्तान्तरण गर्नुभएको थियो । ती सामग्री वडाध्यक्ष कार्कीको पहलमा उपलब्ध भएका हुन् ।

हाल उक्त क्षेत्रमा सशस्त्र प्रहरीका १० जना, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी तथा स्थानीय युवासहितको टोली परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार तत्काल थप जनशक्ति खटाइने जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्का र सशस्त्र प्रहरी बल नेपाल, नं २ गणका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले बताउनुभएको छ ।

प्रशासनले सुरक्षा निकाय र स्थानीय समुदायबीच समन्वय गरेर हात्तीको आवागमन नियन्त्रण गर्ने तथा किसानलाई सुरक्षित रूपमा बाली भित्र्याउने वातावरण बनाउने जनाएको छ ।

  • झापा
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • भद्रपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

  • सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

    सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

  • बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

    बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

  • Post Thumbnail

    बङ्गुरपालनबाट मनग्य आम्दानी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

    खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

    Post Thumbnail

    आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

    सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

    सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

    पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution