Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
जनकपुरधाम

मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु

दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा सुरु भएको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २८, शनिबार (२१ घण्टा अघि)
Post Thumbnail

जनकपुरधाम, २८ कात्तिकः दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा सुरु भएको छ ।

कार्तिक शुक्ल पञ्चमीमा सुरु भई १० दिनसम्म मनाइने यस पर्वको एघारौँ दिन अर्थात् पूर्णिमाको रात सामाचकेवाको विसर्जन गरिन्छ । पर्वका अवसरमा मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारीले सामूहिक रूपमा नाचगान गर्दै दाजुभाइको सुख, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा छ ।

यो पर्वका जानकार पण्डित रामकुमार शास्त्रीका अनुसार पर्वको पहिलो दिन दिदीबहिनीहरू समूह बनाएर परम्परागत गीत गाउँदै गाउँबाहिरका खेत तथा भिरमा पुगेर दाजुभाइको हातबाट खनिएको माटो ल्याई त्यसलाई गिलो बनाएर विभिन्न आकृतिका सामा र चकेवा निर्माण गर्छन् । रातो रङको बाँसको डालामा सामाचकेवा सजाएर दियो बाल्ने र राति गाउँका चोक, दोबाटो, चौबाटो, विद्यालय, धर्मशाला, मन्दिर तथा छठघाटमा लगेर नाचगान गर्ने प्रचलन छ । यसरी दिदीबहिनीहरू १० दिनसम्म सामाचकेवा खेल्दै दाजुभाइको दीर्घायुको कामना गर्दछन् ।

यस अवसरमा महिलाहरूले ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय’ तथा ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ बोलका गीत गाउने चलन छ ।

पर्वको एघारौँ दिन बिहानै पुनः सामाचकेवा बनाएर रङ्गरोगन गरिन्छ । साँझ दाजुभाइलाई दहीचिउरा खुवाई परम्पराअनुसार फाँर भर्ने र दाजुभाइबाट सामाचकेवा फुटाइन्छ । त्यसपछि बाजागाजासहित नाचगान गर्दै सामाचकेवाको विसर्जन गरिन्छ ।

सामाचकेवा पर्व मनाउन विवाहित नारी माइत जाने परम्परा रहेकाले टाढा रहेका दिदीबहिनीसमेत माइतीघर फर्किने गर्दछन् । दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले पनि छरछिमेकका आफन्तसँग मिलेर यो पर्व मनाउने गरेका छन् ।

मधेस प्रदेशका महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा र पर्साका साथै सीमावर्ती भारतीय जिल्लाहरूमा पनि यो पर्व हर्षोल्लासका साथ मनाइन्छ ।

  • जनकपुरधाम
  • धनुषा
  • बारा
  • महोत्तरी
  • सप्तरी
  • सर्लाही
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

  • सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

    सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

  • बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

    बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

  • Post Thumbnail

    बङ्गुरपालनबाट मनग्य आम्दानी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

    खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

    Post Thumbnail

    आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

    सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

    सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

    पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution