Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन् ।
रासस ११५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २८, शनिबार (३ दिन अघि)
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

कास्की, २८ कात्तिकः तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन् । आन्तरिक पर्यटकको उल्लेख्य आगमनसँगै यी गाउँका होटल र घरबासमा पाहुनाको चाप बढेको छ । कतिपय पर्यटकले अग्रिम बुकिङ नगर्दा आवास पाउन कठिन भएको छ ।

अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने घान्द्रुकमा तिहारको भोलिपल्टदेखि पर्यटकको चहलपहल बढेको हो । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार अहिले दैनिक तीन हजार चार सयदेखि तीन हजार पाँच सयसम्म पर्यटक गाउँ पुगिरहेका छन् । पर्यटकको चापले होटलमा कोठा पाउन कठिन भएपछि समितिले अग्रिम ‘बुकिङ’ गरेर मात्र भ्रमणमा आउन आग्रह गरेको छ ।

घान्द्रुक पुग्नेमा अधिकांश आन्तरिक पर्यटक छन् भने भारतीय तथा अन्य मुलुकका पर्यटकको आगमन पनि भइरहेको छ । अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यका रूपमा रहेको घान्द्रुक अन्नपूर्ण आधार शिविर र पुनहिल–घोरेपानी पदमार्गमा पर्ने भएकाले पदयात्रीका लागि विश्रामस्थलसमेत हो ।

अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको मनोरम दृश्य, गुरुङ समुदायको मौलिक संस्कृति, गाउँले परिवेश र स्थानीय आतिथ्य घान्द्रुकका मुख्य आकर्षण हुन् । सडक पहुँच विस्तार भएपछि पछिल्लो समय आन्तरिक पर्यटकको आगमन थप बढेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । पर्यटन व्यवस्थापन समितिका अनुसार गाउँमा रिसोर्टसहित ८० होटल र ३५ घरबास सञ्चालनमा छन् ।

मादी गाउँपालिका–१ स्थित सिक्लेस गाउँमा पनि पर्यटकको चाप उस्तै छ । पर्यटक सूचना केन्द्रका अनुसार तिहारको भोलिपल्ट एक हजार तीन सय २४ जना पर्यटक सिक्लेस पुगेका थिए । एकैपटक ठूलो सङ्ख्यामा पर्यटक आउँदा होटल व्यवस्थापनमा कठिनाइ भएको स्थानीय व्यवसायीले बताएका छन् ।

नमस्ते गेस्ट हाउसका सञ्चालक झरना गुरुङका अनुसार होटल आइतबारसम्मका लागि बुकिङ भइसकेको छ । नयाँ पाहुनालाई कोठा उपलब्ध गराउन कठिन भएपछि पर्यटकलाई होटलको अवस्था बुझेर अग्रिम बुकिङ गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

हिमालको काखमा अवस्थित सिक्लेस प्राकृतिक सौन्दर्यसँगै गुरुङ संस्कृति र परम्पराका लागि परिचित छ । एकै बान्कीका ढुङ्गा र जस्ताका छाना भएका घर, ढुङ्गे आँगन र बाटा, पुराना शैलीका झ्यालढोका तथा साँघुरा गल्लीले गाउँको मौलिक पहिचान झल्काउँछन् । मादी खोला, हरियाली वनपाखा र हिमाली दृश्यले जोकोही मन्त्रमुग्ध हुन्छन् ।

गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, मौलिक भेषभूषा, नाचगान र स्थानीय परिकार यहाँका थप आकर्षण हुन् । सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या पनि बढेको स्थानीय व्यवसायी बताउँछन् । दुई दशकअघि सामुदायिक घरबासबाट सुरु भएको यहाँको पर्यटन व्यवसाय अहिले होटल र घरबाससम्म विस्तार भएको छ ।

पोखरा महानगरपालिकासँग जोडिएको माछापुच्छ्रे गाउँपालिका–८ को ल्वाङ गाउँमा पनि पर्यटकको आगमन बढेको छ । तिहारको भोलिपल्टदेखि होटल र घरबासमा पाहुना भरिएपछि व्यवस्थापनमा कठिनाइ भएको ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मञ्जु गुरुङले बताउनुभयो ।

विसं २०६७ मा सात घरबाट सुरु भएको ल्वाङको घरबास व्यवसाय अहिले २६ घरमा विस्तार भएको छ । यहाँका घरबासमा एकै रातमा ४०० सम्म पाहुनालाई आवासको व्यवस्था गर्ने क्षमता छ । प्रकृति र गुरुङ संस्कृतिको अनुभव लिन चाहने पर्यटकका लागि ल्वाङ लोकप्रिय गन्तव्य बन्दै गएको छ ।

समुद्र सतहबाट एक हजार ४०० मिटर उचाइमा रहेको ल्वाङबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलामा देखिने सूर्योदयको दृश्य आकर्षक मानिन्छ । गाउँको सिरानमा एक हजार २०० रोपनी क्षेत्रफलमा फैलिएको चियाबारी यहाँको अर्को प्रमुख आकर्षण हो । चियाबारी, गुरुङ संस्कार, रैथाने खाना र स्थानीय जीवनशैलीको अनुभव लिन स्वदेशी तथा विदेशी पर्यटक गाउँ पुग्ने गरेका छन् ।

ल्वाङमा पर्यटकले स्थानीय परिकार बनाउने तरिका, खेतीपाती र निगालोबाट डोको तथा सेखुजस्ता सामग्री बनाउने सीपबारे जानकारी लिन पाउँछन् । अन्नपूर्ण आधार शिविर र मर्दी पदमार्ग जाने पर्यटकले पनि यहाँ विश्राम गर्ने गरेका छन् । नजिकैको पोखरा क्यानोनिङ र घलेल गाउँले यस क्षेत्रको पर्यटकीय आकर्षण थपेका छन् ।

पोखराबाट घान्द्रुक, सिक्लेस र ल्वाङसम्म सडकबाट पुग्न सकिने भएकाले यी गाउँको भ्रमण सहज बनेको छ । प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, पदयात्रा र घरबासको अनुभवले यी गन्तव्य पर्यटकको रोजाइमा पर्दै आएका छन् । तिहार र छठको बिदासँगै बढेको पर्यटक आगमनले स्थानीय पर्यटन व्यवसायलाई चलायमान बनाएको छ भने पर्यटकको चाप व्यवस्थापन र पर्याप्त आवासको उपलब्धता चुनौतीका रूपमा देखिएको छ ।

  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

  • ढोरपाटनको सहायक गन्तव्य जलजला

    ढोरपाटनको सहायक गन्तव्य जलजला

  • आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

    आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

  • Post Thumbnail

    उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गछौँः अध्यक्ष ओली

    पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गछौँः अध्यक्ष ओली

    जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय मारमा

    जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय मारमा

    आलेख : हिमाल र जैविक विविधताको अनुपम गन्तव्य मर्दी पदमार्ग

    आलेख : हिमाल र जैविक विविधताको अनुपम गन्तव्य मर्दी पदमार्ग

    Post Thumbnail

    ‘कन्ट्री फोकल पर्सन’ आह्वान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution