
ख्वप (भक्तपुर), १७ कात्तिक : मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएपछि पालिकाको काममा केही दिनका लागि समस्या हुने भएको छ ।
नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले लामोसमयसम्म पालिकाको काममा अप्ठेरो नहुने बताउनुभयो । नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा इभी कार निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिकै अख्तियारको टोलीले घिमिरेलाई नियन्त्रणमा लिएको थियो ।
कार जाँच गर्ने क्रममा शङ्कास्पद नगद रकम फेला परेपछि चालकसहित कारमा सवार भुवन ढुङ्गेल र उनकी श्रीमतीलाई अख्तियारले नियन्त्रणमा लिएको हो । उक्त कारबाट रु ३३ लाख बरामद भएको थियो । सो रकम प्रमुख प्रशासकीय अधिकृत घिमिरेले घुसवापत लिई व्यवस्थापनका लागि ढुङ्गेललाई दिएको अख्तियारको दाबी छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ अनुसार प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहको प्रशासनिक प्रमुखका रूपमा रहने व्यवस्था छ । उहाँले नगरपालिकाको दैनिक प्रशासन सञ्चालन, नगरसभा तथा कार्यपालिकाको सचिवका रूपमा काम गर्ने, सभा तथा कार्यपालिकाका निर्णय कार्यान्वयन गर्ने, कर्मचारी प्रशासन सञ्चालन गर्ने तथा आर्थिक प्रशासन र बजेट कार्यान्वयनसम्बन्धी जिम्मेवारी निर्वाह गर्नुपर्ने व्यवस्था छ ।
नगरपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवालाई प्रभावकारी बनाउने, कर्मचारीबीच समन्वय गर्ने तथा नगरपालिकाको चलअचल सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारीसमेत प्रमुख प्रशासकीय अधिकृतको रहने कानुनी व्यवस्था छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |