Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर २, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महोत्तरी

पाका मैथिलको चिन्ताः पर्वका पुराना परम्परा अब रहेनन्

भङ्गाहा–५ भूचक्रपुरका ७० वर्षीय दीपनारायण चौधरी थारुलाई दशहरा (दसैँ) पर्व लाग्यो कि बस्तीबस्तीमा बज्ने ‘दसैँके ढोल’ र नवरात्रका प्रत्येक रात बस्तीमा मिथिलानी (मिथिलाका नारी) सरिक हुने तान्त्रिक खेल ‘झिझिया’ को सम्झना हुन्छ ।
रासस १२०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार (१ महिना अघि)
Post Thumbnail

महोत्तरी, २७ असोजः भङ्गाहा–५ भूचक्रपुरका ७० वर्षीय दीपनारायण चौधरी थारुलाई दशहरा (दसैँ) पर्व लाग्यो कि बस्तीबस्तीमा बज्ने ‘दसैँके ढोल’ र नवरात्रका प्रत्येक रात बस्तीमा मिथिलानी (मिथिलाका नारी) सरिक हुने तान्त्रिक खेल ‘झिझिया’ को सम्झना हुन्छ ।

पछिल्ला केही दशकयता मधेसको मिथिला क्षेत्रका यी पुराना पर्व परम्परा देखिन÷सुनिन छाडिएपछि अब हाम्रो सांस्कृतिक पहिचान के रहला भन्ने थारुको चिन्ता छ ।

“दशहारा पर्व सुरु हुने घटस्थापनाकै दिनदेखि प्रत्येक दिन साँझपख बस्तीमा ‘दशहराके ढोल’ भन्दै चमार जाति समुदायका अगुवा नगरा बजाउँदै हिँड्थे”, विगत सम्झँदै जलेश्वर–५ पतैलीका ७५ वर्षीय रहिमन मण्डल भन्नुहुन्छ, “अब त दसैँ आएको पत्तै हुँदैन ।” चमार समुदायका अगुवा ढोल बजाउँदै बस्ती पस्दा बालपनमा आपूm समवयीसँगै पछिपछि दौडेको मण्डललाई सम्झना छ ।

थारु र मण्डलमात्र नभएर पाँच दशक उमेर पार गरेका मैथिल चाडपर्वका पुराना परम्परा हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका भेटिन्छन् ।

गौशाला–१० लक्ष्मीनियाँका ७० वर्षीय लक्ष्मीप्रसाद महतो दसैँ सुरु हुनअघिको गाउँबस्ती सरसफाइ, पिङ हाल्ने, घर लिपपोतका लागि समूहमा माटो लिन जाने र पर्व सामग्री किन्न छरछिमेक सबै मिलेर हिँड्ने गरेको किशोर र युवा उमेरका सम्झना महतोलाई झलझली छन् । तर अहिले सामूहिकता हराउँदै गएको उहाँ बताउनुहुन्छ ।

“खै के दसैँ आयो भन्नु ! सबै आआफ्नै धुन र मतलवमा मस्त छन् , दसैँ पर्वमा पहिले हुने सामूहिक जमघट केही देखिँदैन”, महतो भन्नुहुन्छ, “यसले त म चाडबाड आएको गएको याद गर्नै छाडेँ ।”

सो बस्तीकै भोगेन्द्र महतो पनि चाडपर्वका पुराना परम्परा हराउँदै जाँदा अब केही वर्षमा चाडबाडका मैथिल परम्परा भन्ने केही देखाउन नपाइने अवस्था बन्दैछ ।

“अब त हामीले पछिल्लो पुस्तालाई दसैँमा हुने ढोल बजाउने, बस्तीबस्तीमा झिझिया नृत्य हुने गरेको इतिहास पढाए झैँ बताउनुपर्ने अवस्था आइसक्योजस्तो लाग्छ”, भोगेन्द्र भन्नुहुन्छ, “हाम्रा मौलिक परम्परा मेटिएपछि हामी मैथिल भनेर के देखाउने होला ?” दशहरामा मैथिल परम्पराका मुख्य आकर्षण झिझिया र ढोल नै रहेको पाका मैथिल एक स्वरमा बताउँछन् । यी परम्परामध्ये ढोल बजाउने चलन त देखिनै छाड्यो । लोकनृत्य झिझिया भने जनस्तरमा हराउँदै गए पनि मञ्चनमा कतैकतै अझै देखिँदैछ ।

नवरात्रभरि आआफ्ना टोलभित्रका मिथिलानीले दुष्टात्मा भगाउन खेल्ने तान्त्रिक विधिको ‘झिझिया’ नृत्य अब बस्तीमा देखिन, सुनिन छाडेको छ । यद्यपि कतिपय गैरसरकारी संस्था र नाचगान कम्पनीले झिझिया नृत्य भनेर आधुनिक विषय पस्केका कतैकतै अझै देखिँदै छ । तर यो त मञ्चनको विषय नभएर लोकसंस्कृतिसँग जोडिएको विषय रहेको भङ्गाहा–५ सीतापुर बजारस्थित माध्यमिक विद्यालय भङ्गाहाका प्रधानाध्यापक मनोहर यादवको भनाइ छ ।

ढोल बज्न छाडेर बस्तीबस्तीमा झिझिया पनि हराउँदै गएपछि पाका पुस्ताका मैथिललाई दशहारा आएजस्तो लागेको छैन ।

दशहरा सुरु भएको आज चार दिन भइसक्दासम्म बस्तीमा ढोल नबज्दा र र राति झिझियाको लय सुन्न नपाइएपछि दसैँ लागेको पर्वको भनक नै नपाइएको रामगोपालपुर–७ का ७० वर्षीय नरेश यादव बताउनुहुन्छ ।

दसैँको घटस्थापनाकै दिनदेखि बस्तीका चमार जातिका अगुवा ठूलो आवाजको नगरा (ढोल) बजाउँदै हिँड्दा ससाना नानीहरु उनका अघिपछि झुम्मिने गरेका कुरा अब दन्त्यकथा जस्तै भएको बुढापाका बताउँछन् । लोक परम्पराका ‘ढोल’ नबज्दा दसैँ लाग्यो, दसैँ आयो भन्ने हेक्का नै नरहने पाका मैथिल एक स्वरले बताउँछन् ।

त्यसैगरी, नवरात्र सुरु भएकैदिन मिथिला क्षेत्रमा घन्कने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्याङ्गनाहरुको समूह पनि अब देखिन छाडेको छ ।

‘तोहरेलागि झिझिया बनैली हो बरमबाबा…!’ को रागले सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता (ब्रम्हस्थान) स्थलमा पुगेर दसैँमा मिथिलानीहरुले सुरिलो भाखामा गाउँदै फनफनी आफूलाई घुमाएर नाचेको देखाउने यो प्राचीन तान्त्रिक नृत्य अब देखिन छाडेपछि बुढापाका मैथिलको चिन्ता बढेको हो । यी परम्परा थेगेका चलाएका पुस्ता उमेर पाको हुँदै गएर अब हिँडडुल गर्न नसक्ने भएका छन् ।

नयाँ पुस्ताका किशोरकिशोरी र युवायुवती यी पुराना रीतिथितिबारे पूरै बेखबर हुँदा यहाँको मौलिक परम्परा अब बिरानो भइसकेका छन् । ढोल र झिझिया मेटिएपछि दसैँलाई मिथिलासँग जोड्ने मुख्य पक्ष नै मेटिने औरही–७ भोइलका ७५ वर्षीय मोहन महतो बताउनुहुन्छ ।

ढोल दसैँबारेको सार्वजनिक सूचना र झिझिया यो पर्वका बेला दुष्टात्मा बस्ती पस्न नपाउन् भन्ने खबरदारी रहेको भावमा जनता माध्यमिक विद्यालय बर्दिबास–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोको कथन छ ।

दसैँ लागेपछि अघि सत्ययुगमा देवी दुर्गाबाट पराजित भएका दुष्टात्मा टोल बस्तीमा प्रवेश गरेर सर्वसाधारणलाई दुःख दिनसक्ने रुढी विश्वासका आधारमा त्यस्ता आत्मालाई प्रवेश गर्न नदिन मिथिलानीहरुले राति जाग्राम रही ग्राम देवतालाई पुकारा गर्दै गाउने गीत र नृत्यलाई ‘झिझिया’ भनिएको हो ।

अब यी लोक परम्परा थेग्न, बचाउन र प्रवर्द्धन गर्न नयाँ पुस्ताले यसबारे चासो बढाइ दिऊन् भन्ने पाका मैथिलको चाहना छ ।

पर्वका यी मैथिल लोकपरम्परा ‘ढोल’ र ‘झिझिया’ जीवन्त राख्न नयाँ पुस्ताको चासोबिना सम्भव नहुने मैथिल बुद्धिजीवी बताउँछन् ।

  • महोत्तरी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

  • Post Thumbnail

    आज धातृ नवमीः मिथिला क्षेत्रमा सम्पन्न

  • Post Thumbnail

    निकुञ्ज घुम्ने पर्यटक बढे

  • Post Thumbnail

    विशेष अदालतमा आरोपपत्र दायर

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

    Post Thumbnail

    एनपिएलः चितवन राइनोजद्वारा काठमाण्डु गोर्खाजविरुद्ध पहिले ब्याटिङ

    Post Thumbnail

    आज धातृ नवमीः मिथिला क्षेत्रमा सम्पन्न

    Post Thumbnail

    निकुञ्ज घुम्ने पर्यटक बढे

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution