
नवलपुर (नवलपरासी), २७ असोजः दसैँ सुरु भएसँगै नवलपुरको सुरक्षा व्यवस्थामा आवश्यक कडाइ गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै हुनसक्ने सम्भावित जोखिम तथा आपराधिक घटना न्यूनीकरणका लागि प्रहरीले जिल्लाभर सुरक्षा व्यवस्थामा कडाइ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी अनिल पण्डितका अनुसार जिल्लाका पूर्वी र पश्चिम नाकामा सुरक्षा सतर्कता उच्च पारिएको छ । विशेष गरी पूर्वपश्चिम राजमार्ग भएर सञ्चालन हुने सवारीसाधनलाई नवलपुरबाट बाहिरिने र नवलपुर भित्रिने पूर्वतर्फको मुख्य नाका गैँडाकोटमा सुरक्षा व्यवस्था थप कडा पारिएको उहाँको भनाइ छ ।
चाडपर्वको समयमा हुनसक्ने विस्फोटक पदार्थ तथा लागूपदार्थको अवैध ओसारपसारसहित अन्य अवाञ्छित र आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था मजबुत बनाइएको सूचना अधिकारी पण्डितले बताउनुभयो ।
प्रहरीले विभिन्न स्थानमा ‘सरप्राइज चेक’ गर्ने गरेको जानकारी दिँदै उहाँले फरक फरक दिन र फरक स्थानमा फरक तरिकाले सवारीसाधन जाँच गर्दै आएको जानकारी दिनुभयो ।
नवलपुर क्षेत्र भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशकै एक मात्र जिल्ला भएको र यहाँ तराईका साथै पहाडी भूभाग पनि रहेकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै चाडपर्व लक्षित सुरक्षा योजना कडाइका साथ लागू गरिएको उहाँले बताउनुभयो ।
चाडपर्व लक्षित सुरक्षा व्यवस्थाअनुसार मङ्गलबार जिल्लाको गैँडाकोट नगरपालिका विभिन्न क्षेत्रमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले सवारीसाधनको विशेष जाँच गरेको छ ।
जिल्लाको पूर्वी नाकाबाट भित्रिने र बाहिरिने सवारीसाधनलाई मध्यनजर गर्दै तालिम प्राप्त कुकुरसहित प्रहरीले सूक्ष्म रूपमा सवारीसाधन जाँच गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |