Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कञ्चनपुर

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ ।
रासस १००१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

कञ्चनपुर, २६ असोजः कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ ।

दसैँ–तिहारका बेला घुमफिरका लागि पर्यटक आउने पर्यटकका लागि मङ्गलबारदेखि निकुञ्जमा जङ्गल सफारी खुला गरिएको हो । बर्सातका कारण सबै रुट खुलाउन नसकिए पनि दसैँ–तिहारमा आउने पर्यटकलाई लक्षित गरेर मुख्य रुट खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो ।

“पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ, दसैँमा पर्यटकहरुले शुक्लाफाँटाको अवलोकन गर्न सक्नेछन्,” उहाँले भन्नुभयो, “मझगाउँदेखि बाबाताल, रानीताल हुँदै शुक्लाफाँटा घाँसे मैदानसम्म र त्यहाँबाट बर्कौला हुँदै मझगाउँसम्मको रुट सफारीका लागि खुला गरिएको छ ।” पर्यटकले शुक्लाफाँटाको विशाल घाँसे मैदानसम्म पुगेर वन्यजन्तु अवलोकन गर्न सक्ने उहाँले बताउनुभयो । वर्षा रोकिए एक साताभित्रै निकुञ्जका भित्री रुट पनि सञ्चालनमा आउने सूचना अधिकारी वाग्लेको भनाइ थियो ।

उहाँका अनुसार निकुञ्जले फाटाँमा २० हेक्टरमा घाँस व्यवस्थापनको काम पनि गरिरहेको छ । ३०५ वर्गकिलोमिटर क्षेत्रफल फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाठेबाघ र बाह्रसिङ्गाका लागि प्रख्यात छ । निकुञ्जको घाँसे मैदानमा हजारौँको सङ्ख्यामा बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ । शुक्लाफाँटामा दुई हजार ३०० बाह्रसिङ्गा छन् ।

त्यसैगरी, यहाँ ५० वटा पाटेबाघ रहेका छन् । दुर्लभ वन्यजन्तुका र वनस्पतिका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रसिद्ध छ ।

  • कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

  • Post Thumbnail

    नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

  • बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस

    बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्रः नेपाल रेडक्रस

  • Post Thumbnail

    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

    Post Thumbnail

    धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

    Post Thumbnail

    नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

    Post Thumbnail

    मध्यपहाडी राजमार्गको कालोपत्र गर्ने काम अनिश्चित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution