Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भोजपुर

विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

हतुवागढी गाउँपालिका–४ खैराङका सबै सामुदायिक विद्यालयमा घेराबारा निर्माण गरिएको छ । विद्यालयको भौतिक सम्पत्तिको संरक्षणसँगै विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले वडा कार्यालयले घेराबारा कार्यक्रम सञ्चालन गरेको हो ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (१ घण्टा अघि)
विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर, २६ असोजः हतुवागढी गाउँपालिका–४ खैराङका सबै सामुदायिक विद्यालयमा घेराबारा निर्माण गरिएको छ । विद्यालयको भौतिक सम्पत्तिको संरक्षणसँगै विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले वडा कार्यालयले घेराबारा कार्यक्रम सञ्चालन गरेको हो ।

वडाभित्र रहेका पञ्चकन्या आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, चण्डेश्वरी आधारभूत विद्यालय र सिला सुत्केरी आधारभूत विद्यालयमा घेराबारा निर्माणको काम सम्पन्न भएको वडाले जनाएको छ । घेराबारासँगै आवश्यकताअनुसार केही विद्यालयका भौतिक संरचनाको मर्मत तथा सुधार पनि गरिएको छ ।

वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार खुला अवस्थामा रहेका विद्यालय परिसरमा पशुचौपाया प्रवेश गर्ने, विद्यार्थीको सुरक्षामा चुनौती देखिने तथा विद्यालयका भौतिक सामग्री संरक्षणमा समस्या हुने गरेको गुनासो आएपछि घेराबारा निर्माणलाई प्राथमिकतामा राखिएको हो ।

“विद्यालय सुरक्षित र व्यवस्थित भए मात्र विद्यार्थीका लागि प्रभावकारी सिकाइ वातावरण बन्न सक्छ,” वडाध्यक्ष विष्टले भन्नुभयो, “त्यसैले वडाभित्रका सबै सामुदायिक विद्यालयलाई सुरक्षित बनाउने उद्देश्यले घेराबारा निर्माण गरेका हौँ ।”

घेराबारा निर्माणसँगै विद्यालय परिसर व्यवस्थित र सुरक्षित बनेको स्थानीय अभिभावक तथा शिक्षकको भनाइ छ । विद्यालय क्षेत्रभित्र अनावश्यक आवतजावत नियन्त्रण हुनाका साथै पशुचौपायाबाट हुने क्षति रोक्न पनि सहयोग पुगेको स्थानीयवासी गङ्गाबहादुर खड्काले बताउनुभयो । विद्यालय परिसर व्यवस्थित भएपछि विद्यार्थीको नियमित उपस्थितिमा सहजता भएको उहाँको भनाइ छ ।

हतुवागढी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले विद्यालयको आवश्यकता पहिचान गरी शैक्षिक तथा भौतिक सुधारका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।

अध्यक्ष राईले विद्यालयको भौतिक अवस्था सुधारसँगै शिक्षण सिकाइलाई प्रभावकारी बनाउने कार्यक्रमलाई पनि प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिनुभयो । स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक तथा समुदायबीचको सहकार्यबाट सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

  • भोजपुर
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

    आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

  • Post Thumbnail

    प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ

  • Post Thumbnail

    बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन

  • शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

    शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस

    बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्रः नेपाल रेडक्रस

    Post Thumbnail

    हराउन थाले दसैँका परम्परागत पिङ

    Post Thumbnail

    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    Post Thumbnail

    अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution