Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
डडेल्धुरा

झोला सिलाएर आत्मनिर्भर बन्दै डडेल्धुराकी गौरी

अमरगढी नगरपालिका–५ तुफानडाँडाकी गौरी ऐर झोला सिलाएर मासिक रु २० हजार आम्दानी गर्दै आत्मनिर्भर बन्नुभएको छ । अमरगढी नगरपालिका–४ भलियाकी २९ वर्षीया उहाँले दुई वर्षदेखि ‘प्रगतिशील महिला लघुउद्यमी झोला समूह’ मार्फत झोला उत्पादन गर्दै आउनुभएको हो ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २५, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

डडेल्धुरा, २५ असोजः अमरगढी नगरपालिका–५ तुफानडाँडाकी गौरी ऐर झोला सिलाएर मासिक रु २० हजार आम्दानी गर्दै आत्मनिर्भर बन्नुभएको छ । अमरगढी नगरपालिका–४ भलियाकी २९ वर्षीया उहाँले दुई वर्षदेखि ‘प्रगतिशील महिला लघुउद्यमी झोला समूह’ मार्फत झोला उत्पादन गर्दै आउनुभएको हो ।

नगरपालिकाबाट डेढ महिनाको तालिम लिएपछि उहाँले झोला उत्पादन सुरु गर्नुभएको हो । व्यवसाय सुरु गर्दा नगरपालिकाले कपडा र सिलाइ मेसिन पनि उपलब्ध गराएको उहाँले बताउनुभयो । सुरुमा पाँच जना महिला आबद्ध रहेको समूहमा अहिले भने ऐर एक्लैले व्यवसायलाई निरन्तरता दिइरहनुभएको छ ।

उहाँले टिफिन ब्याग, साइड ब्याग, स्कुल ब्याग र जेब्रा ब्यागलगायतका झोला उत्पादन गर्दै आउनुभएको छ । एउटा झोला तयार गर्न करिब चार घण्टा लाग्ने भएकाले दैनिक दुईदेखि तीनवटासम्म झोला उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले उत्पादन गरेका झोलाको माग डडेल्धुरासँगै बैतडीबाट पनि आउने गरेको छ ।

झोला बनाउन आवश्यक कच्चापदार्थ डडेल्धुरामा सहज रूपमा उपलब्ध नहुँदा धनगढीबाट ल्याउनुपर्ने बाध्यता रहेको ऐरले बताउनुभयो । हाल उपलब्ध मेसिनबाटै काम गरिरहनुभएकी उहाँले लगानी बढाएर व्यवसाय विस्तार गर्ने योजना सुनाउनुभयो । “पहिला सामान्य खर्चका लागि पनि घरपरिवारमाथि निर्भर हुनुपथ्र्यो, अहिले परिवारको पूरै खर्च मैले नै धान्दै आएकी छु”, उहाँले भन्नुभयो ।

परिवारको सहयोग पाएकाले आफू आफ्नो पेसाप्रति सन्तुष्ट रहेको उहाँले बताउनुभयो । उद्यमी ऐरले अन्य महिलालाई पनि सीप सिकेर आत्मनिर्भर बन्न आग्रह गर्दै झोला बनाउन सिक्न चाहने महिलालाई सीप सिकाउन तयार रहेको बताउनुभयो ।

  • डडेल्धुरा
  • बैतडी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • गहवा माईमा दर्शनार्थीको भीड

    गहवा माईमा दर्शनार्थीको भीड

  • Post Thumbnail

    बेनी–जोमसोम सडक खुल्यो

  • Post Thumbnail

    ‘लेखनवृत्ति’ कोष स्थापना

  • Post Thumbnail

    बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार

    बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार

    गहवा माईमा दर्शनार्थीको भीड

    गहवा माईमा दर्शनार्थीको भीड

    Post Thumbnail

    बेनी–जोमसोम सडक खुल्यो

    Post Thumbnail

    छत्रदेवको मथुरामा ट्याक्टर दुर्घटना, सहचालकको घटनास्थलमै मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution