
कर्णाली, २० असोज : कर्णाली प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउन कृषि क्षेत्रलाई प्रमुख आधार बनाउनुपर्ने धारण व्यक्त गरिएको छ ।
कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जुम्कित लामा कार्कीले आज उक्त धारणा राख्नुभएको हो । सुर्खेतमा आयोजित ‘कृषि मौसम सल्लाह’ सम्बन्धी प्रदेशस्तरीय दुईदिने कार्यशाला गोष्ठीलाई आज यहाँ उद्घाटन गर्दै मन्त्री कार्कीले अर्थतन्त्र वृद्धिको आधार कृषि क्षेत्रनै भएको दाबी गर्नुभयो । मन्त्रालयको सहकार्यमा स्थानीय जैविक अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) द्वारा सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि कार्यशाला गोष्ठी सुरु भएको छ । कार्यक्रममा वक्ताहरुले कृषि क्षेत्रको विस्तार, उत्पादकत्वमा वृद्धि तथा कृषकको जीवनस्तर उकास्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको साझा सहकार्य र सरोकार रहेको धारणा व्यक्त गरिएको थियो ।
कृषि मन्त्रालयका सचिव डा चन्द्रप्रसाद रिसालले जलवायुजन्य विपद्को प्रभावमा कृषि क्षेत्र र कृषक नै परेको बताउँदै ‘कृषि मौसम सल्लाह’ कर्णाली प्रदेशका लागि अँझ बढी लाभदायक हुने धारणा राख्नुभयो । स्थानीय समुदायको जीविकोपार्जन, स्थायित्व, व्यवस्थापन र संरक्षणका लागि जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइनुपर्ने बताउँदै सचिव रिसालले सरोकारवालालाई ध्यानाकर्षण गराउनुभयो ।
लिबर्डका जलवायुसम्बन्धी रणनीतिक कार्यक्रम प्रमुख प्रगतिराज सिपखानले नेपाल जलवायु परिवर्तनका हिसाबले उच्च जोखिममा रहेको र त्यसको प्रभाव कर्णालीमा अझ बढी भएको बताउनुभयो । गोष्ठीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तरगत कृषि तथा पशु, नेपाल कृषि अनुसन्धान केन्द्र, विश्वविद्यालय, मौसम तथा जलवायु विज्ञान कार्यालय, स्थानीय तह कृषि शाखा, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो ।
राष्ट्रिय समाचार समिति (रासस)

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |