
साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते भएका छन् ।
साउदी नागरिक सुरक्षा विभागका अनुसार शनिबार आहद रफिदाह गभर्नोरेटमा क्षेप्यास्त्रलाई आकाशमै रोकिएर नष्ट गरिएपछि त्यसको भग्नावशेष खसेको थियो । घटनामा एक एसियाली नागरिक घाइते भएका छन् ।
भग्नावशेषका कारण भवनभित्र रहेका केही सवारीसाधनमा क्षति पुगेको छ भने एउटा प्रार्थना कक्षमा समेत भौतिक क्षति भएको नागरिक सुरक्षा विभागले सामाजिक सञ्जालमार्फत जनाएको छ ।
यसैबीच, शुक्रबार हुथी विद्रोही समूहले प्रक्षेपण गरेको अर्को प्रोजेक्टाइल साउदी अरबको नाजरान शहरस्थित एक विद्यालयमा खसेको थियो । उक्त घटनामा विद्यालयमा भौतिक क्षति पुगेको साउदी नागरिक सुरक्षा विभागले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |