Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राष्ट्रिय समाचार समिति (रासस)

धानबालीमा रोग–कीराको समस्या ः किसान चिन्तित

चितवनमा पछिल्लो समय धानबालीमा रोग तथा कीराको समस्या बढ्दै गएपछि किसानसम्म वैज्ञानिक प्रविधि, नयाँ अनुसन्धान र प्रभावकारी व्यवस्थापन
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

नारायणगढ (चितवन), १७ असोजः चितवनमा पछिल्लो समय धानबालीमा रोग तथा कीराको समस्या बढ्दै गएपछि किसानसम्म वैज्ञानिक प्रविधि, नयाँ अनुसन्धान र प्रभावकारी व्यवस्थापन विधि पु¥याउन अनुसन्धान, प्रसार तथा शिक्षाबीचको समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ ।

कृषि विकास कार्यालय चितवनले शुक्रबार आयोजना गरेको कृषि प्रविधि, रोग–कीरा व्यवस्थापन तथा त्रिपक्षीय समन्वय गोष्ठीमा सहभागी वैज्ञानिक, प्राध्यापक, कृषि प्राविधिक तथा स्थानीय तहका कृषि शाखा प्रमुखले धानबालीमा देखिएका समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहका निकाय, अनुसन्धान संस्था तथा शैक्षिक क्षेत्रबीच नियमित सहकार्य आवश्यक रहेको बताएका हुन् ।

गोष्ठीमा अनुसन्धान, प्रसार र शिक्षाबीच कार्यगत सम्बन्ध स्थापित गर्दै किसानका समस्या पहिचान गर्ने, प्राविधिक सेवा प्रभावकारी बनाउने तथा किसान, प्राविधिक र अनुसन्धानकर्ताबीच दुईतर्फी सूचना आदानप्रदानका लागि सहभागितामूलक संयन्त्र विकास गर्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वरिष्ठ वैज्ञानिक अर्जुनप्रकाश पौडेलले नार्कबाट विकसित नयाँ प्रविधि, धानको क्षेत्रफल, उत्पादकत्व तथा पोषक तत्व व्यवस्थापनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले धानखेतीमा नाइट्रोजन, फस्फोरस, पोटास र जिंकजस्ता पोषक तत्वको सन्तुलित प्रयोग गर्नुपर्ने बताउँदै ढैंचा र अजोलाजस्ता हरियो मलको प्रयोगबाट युरियाको खपत ५० प्रतिशतसम्म घटाउन सकिने जानकारी दिनुभयो ।

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई ध्यानमा राख्दै सुख्खा सहनसक्ने तथा रोग–कीरा प्रतिरोधी धानका जातको प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । धानखेतीमा विषादीको मात्रा र प्रयोग विधिमा हुने त्रुटि, पानी व्यवस्थापनको कमजोरी, स्प्रेयर तथा नोजलको गलत छनोट, विषादी छर्कने समय नमिल्नु तथा उपकरणको उचित सफाइ नगर्नुजस्ता कारणले रोग–कीरा व्यवस्थापन प्रभावकारी हुन नसक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा बाली रोगविज्ञानका वैज्ञानिक शुकबहादुर गुरुङले धानमा लाग्ने मरुवा (ब्लास्ट), खैरो थोप्ले (ब्राउन स्पट), शीत डढुवा (शीथ ब्लाइट) तथा ब्याक्टेरियल डढुवा (ब्याक्टेरियल ब्लाइट)जस्ता रोगको समयमै पहिचान गरी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले स्वस्थ बीउको प्रयोग, बीउ उपचार, उचित खेत व्यवस्थापन तथा जैविक र आवश्यकताअनुसार रासायनिक विधि अपनाउनुपर्नेमा जोड दिनुभयो ।

कीट विज्ञानकी वरिष्ठ वैज्ञानिक डा सरस्वती न्यौपानेले पहेंलो गवारो, गुलाबी गवारो, सेतो गवारो, धर्के गवारो, फड्के कीरा, पात बेरुवा, थ्रिप्स तथा सेतो झिँगालगायतका कीराको प्रकोपबारे जानकारी गराउँदै एकीकृत कीरा व्यवस्थापन अपनाउनुपर्ने बताउनुभयो । उहाँले धान काटेपछि खेत यथाशीघ्र जोतेर ठुटा नष्ट गर्नुपर्ने, केही दिन पानी जमाएर लाभ्रे नष्ट गर्न सकिने तथा गवारोका वयस्क पुतलीको निगरानीका लागि प्रकाश पासो र फेरोमोन पासो प्रयोग गर्न सकिने जानकारी दिनुभयो । धानमा कीरा नियन्त्रणका लागि रासायनिक विषादीमा मात्र निर्भर नभई खेती प्रणाली, जैविक, यान्त्रिक तथा आवश्यक अवस्थामा मात्र सुरक्षित विषादीको प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

धान रोप्नुअघि ढैंचाजस्ता हरियो मल बाली लगाउने, खेत तथा आलीमा रहेका झारपात र कीराका वैकल्पिक आश्रयस्थल हटाउने, खेत सम्याएर पानीको समान व्यवस्थापन गर्ने तथा प्रमाणित र गुणस्तरीय बीउ प्रयोग गर्न उहाँले सुझाव दिनुभयो । त्यस्तै कीरा तथा रोग सहनसक्ने जात छनोट गर्न, स्वस्थ तथा कीरारहित बेर्ना मात्र रोप्न र समयमै धान रोपाइँ गर्न उहाँले आग्रह गर्नुभयो ।

धानबाली विज्ञ प्राडा विष्णुविलास अधिकारीले पछिल्लो समय विषादीको अनावश्यक प्रयोगका कारण धानबालीमा रोग तथा कीराको समस्या बढ्दै गएको बताउनुभयो । अनावश्यक विषादीको प्रयोगले माटो, वातावरण तथा मानव स्वास्थ्यमा असर पर्न सक्ने उहाँको भनाइ थियो ।

जलवायु परिवर्तनका कारण कृषि प्रणालीमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उहाँले वातावरणअनुकूल तथा रोग–कीरा सहनसक्ने जातको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । कृषि प्रणालीलाई समयअनुसार डिजिटलमैत्री बनाउनुपर्ने उहाँले बताउनुभयो ।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जिल्लाका विभिन्न स्थानबाट किसान दैनिकजसो धानबालीका समस्या लिएर कार्यालय आउने गरेको बताउनुभयो । किसानका समस्या स्थानीयस्तरमै पहिचान गरी समाधानका लागि वैज्ञानिक र प्राविधिक ज्ञान किसानसम्म पु¥याउन यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ थियो ।

गोष्ठीमा जिल्लाका सातवटै स्थानीय तहका कृषि शाखा प्रमुखले धानबालीमा बढ्दो रोग तथा कीराको समस्या समाधानका लागि अनुसन्धान संस्था, प्राविधिक निकाय र स्थानीय तहबीच नियमित समन्वय आवश्यक रहेको बताएका थिए । अनुसन्धानबाट विकसित प्रविधि किसानको खेतसम्म पु¥याउन यस्ता समन्वयात्मक कार्यक्रम फलदायी हुने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा वरिष्ठ कृषि अधिकृत डा देवराज अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका कीट विज्ञ अनन्तमणि भट्टराई, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ चितवनका प्रमुख महेश रेग्मी, मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईलगायत जिल्लास्थित विभिन्न कार्यालयका कृषि प्राविधिकको सहभागिता रहेको थियो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • चितवन
  • नारायणगढ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

  • Post Thumbnail

    मेकाडेमिया नट खेतीमा किसानको आकर्षण

  • Post Thumbnail

    श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

  • Post Thumbnail

    जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको पुनःस्थापनाका लागि ‘प्रोफाइल’ बनाउन सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    Post Thumbnail

    निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    Post Thumbnail

    मेकाडेमिया नट खेतीमा किसानको आकर्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution