Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु

रासस ५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार (१ घण्टा अघि)
राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु

काठमाडौँ, १६ असोज : मदन भण्डारी मेमोरियल कलेज (एमबीएमसी) नयाँ बानेश्वरमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ आजदेखि सुरु भएको छ ।

‘इनोभेसन फर इम्प्याक्ट’ नाराका साथ आयोजना गरिएको ह्याकाथनको चौथो संस्करणमा देशभरका २८ शैक्षिक संस्थाका ६७ प्रतियोगी सहभागी छन् । प्रतियोगिताका लागि देशभरबाट १६० टोलीले आवेदन दिएका थिए । अनलाइन मूल्याङ्कनपछि २० टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीले नेपालका विभिन्न सामाजिक तथा सार्वजनिक समस्याको सूचना प्रविधिमा आधारित समाधान विकास गर्ने आयोजकले जनाएको छ । यस वर्षको ह्याकाथन जलवायु परिवर्तन, उत्थानशीलता तथा दिगोपना, पर्यटन, ई–गभर्नेन्स तथा स्मार्ट सार्वजनिक सेवा, स्मार्ट सहरी यातायात तथा सडक सुरक्षा र फिनटेक तथा डिजिटल वित्तीय नवप्रवर्तन गरी पाँच विषयगत क्षेत्रमा केन्द्रित छ ।

ह्याकाथनको उद्घाटन गर्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेले अध्ययनसँगै समाजका समस्याको समाधान खोज्ने उद्देश्यले सूचना प्रविधिका विद्यार्थीबीच यस्तो प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । “सहभागी विद्यार्थी टोलीले नेपालकेन्द्रित समस्याको सूचना प्रविधिमा आधारित समाधानको खोजी गर्नेछन्”, उहाँले भन्नुभयो ।

क्याम्पस प्रमुख डा बाबुराम अधिकारीले कक्षाकोठामा सिकेको ज्ञानलाई समाजका वास्तविक समस्यासँग जोड्ने उद्देश्यले ह्याकाथन आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार ‘आइडिया एक्स’ आदिवासी भाषा तथा सांस्कृतिक सम्पदाको संरक्षणमा केन्द्रित कार्यक्रमका रूपमा सुरु भएर अहिले राष्ट्रियस्तरको ह्याकाथनका रूपमा विस्तार भएको हो ।

कार्यक्रम संयोजक तथा बीसीए संयोजक नवराज जोशीले ४८ घण्टाको अवधिमा सहभागी टोलीले समस्या पहिचान, समाधानको नमुना तयार र निर्णायकसमक्ष प्रस्तुति गर्ने बताउनुभयो । उहाँले सीमित समयमा टोलीमा काम गर्ने, निर्णय लिने र आफ्ना विचार प्रस्तुत गर्ने सीप विकासमा ह्याकाथन उपयोगी हुने उल्लेख गर्नुभयो ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु एक लाख ११ हजार १११ नगद पुरस्कार प्राप्त गर्नेछ भने पहिलो, दोस्रो र तेस्रो हुने टोलीलाई पुरस्कृत गरिने आयोजकले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सडक अवरुद्ध  : स्याउको चिन्तामा मुस्ताङका किसान

    सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

  • तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

    तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

  • ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

    ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

  • आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयक कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री पौडेल

    आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयक कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री पौडेल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सडक अवरुद्ध  : स्याउको चिन्तामा मुस्ताङका किसान

    सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

    तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

    तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

    जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

    जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

    ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

    ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution