Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कांग्रेस १५औँ महाधिवेशनः असोज १८ देखि हुने महाधिवेशनको तयारी तीव्र

रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार (१ घण्टा अघि)
कांग्रेस १५औँ महाधिवेशनः असोज १८ देखि हुने महाधिवेशनको तयारी तीव्र

काठमाडौँ, १६ असोजः नेपाली कांग्रेसको आगामी असोज १८ देखि काठमाडौँमा हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ ।

कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँको संयोजकत्वमा रहेको महाधिवेशन समारोहस्थल व्यवस्थापन समितिले काठमाडौँको खुलामञ्चमा मञ्च व्यवस्थापनको कामलाई तीव्रता दिएको हो ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले महाधिवेशन उद्घाटनस्थल र बन्दसत्र गर्न मञ्च व्यवस्थापनको कामलाई तीव्रता दिइएको जानकारी दिनुभयो ।

“उद्घाटन सत्रका लागि मञ्च र बन्दसत्रका लागि छुट्टाछुट्टै तीनवटा हल निर्माण भइरहेको छ, भोलि बेलुकासम्म मञ्च व्यवस्थापनको काम सम्पन्न हुन्छ”, क्षेत्रीय सभापति तिवारीले भन्नुभयो ।

मञ्च व्यवस्थापनको पछिल्लो अवस्थाबारे बुझ्न पार्टी उपसभापति विश्वप्रकाश शर्मा, कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, नेता डा चन्द्रकान्त भण्डारी, पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललगायत खुलामञ्च पुग्नुभएको छ ।

खुलामञ्चमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपसभापति शर्माले पार्टीको १५औँ महाधिवेशन असोज १८ गते दिउँसो २ः०० बजे खुलामञ्चमा भव्यताका साथ उद्घाटन हुने जानकारी दिनुभयो ।

उहाँले महाधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख र सोसलिष्ट इन्टरनेशनलका प्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिनुभयो । कांग्रेसको १५औँ महाधिवेशनमा देश र विदेशबाट सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने उहाँको भनाइ थियो ।

उद्घाटनसत्रको भोलिपल्ट असोज १९ देखि बन्दसत्र हुनेछ । बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि दुई हजार ५०० प्रतिनिधि अट्न मिल्नेगरी छुट्टाछुट्टै तीनवटा हलको व्यवस्था गरिएको छ । प्रतिनिधिको दर्ता भने पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि नै सुरु भएको छ ।

बन्दसत्रको पहिलो दिन पार्टी सभापति गगनकुमार थापाले दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस्तै, उपसभापति, महामन्त्री र कोषाध्यक्षले समेत नीतिगत, साङ्गठनिक र आर्थिक प्रतिवेदन पेस गर्नेछन् ।

महाधिवेशन प्रतिनिधिहरूलाई खानाका लागि भृकुटीमण्डपमा व्यवस्थापन मिलाइएको उपसभापति शर्माले बताउनुभयो । खुलामञ्चभित्र सरसफाइ कायम राख्दै खाना/खाजा पूर्ण रूपमा निषेध गरिएको छ । यस्तै, प्रतिनिधिका लागि न्यूनतम शुल्कमा आवासको प्रबन्ध मिलाइएको कांग्रेसले जनाएको छ ।

त्यसैगरी, खुलामञ्चको मञ्च नजिकै सञ्चारकर्मीका लागि मिडिया सेन्टरको व्यवस्था गरिएको उपसभापति शर्माले बताउनुभयो । महाधिवेशन अवधिभर दिनको दुईपटक पार्टी प्रवक्ता देवराज चालिसेले दैनिक ब्रिफिङ गर्ने कांग्रेसले जनाएको छ । बन्दसत्रमा पनि पालैपालो मिडिया प्रवेशको व्यवस्था मिलाइने शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सडक अवरुद्ध  : स्याउको चिन्तामा मुस्ताङका किसान

    सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

  • तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

    तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

  • ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

    ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

  • आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयक कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री पौडेल

    आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयक कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री पौडेल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सडक अवरुद्ध  : स्याउको चिन्तामा मुस्ताङका किसान

    सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

    तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

    तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

    जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

    जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

    ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

    ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution