Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १५, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रतिनिधिसभाः जनअपेक्षाबमोजिम उपलब्धि हासिल नभएको प्रमुख प्रतिपक्ष दलका नेताको जिकिर

रासस ३५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १५, बिहिबार (१ घण्टा अघि)
प्रतिनिधिसभाः जनअपेक्षाबमोजिम उपलब्धि हासिल नभएको प्रमुख प्रतिपक्ष दलका नेताको जिकिर

काठमाडौँ, १५ असोजः प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताउनुभएको छ ।

प्रतिनिसभाको आजको बैठकमा समय लिएर नेता आङ्देम्बेले निर्वाचनबाट झण्डै दुई तिहाइको जनमत प्राप्त हुनु एक विशेष अवसर भए पनि त्यसअनुसार काम हुन नसकेको दाबी गर्नुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधनका विषयवस्तु आफँैमा ठीक भए पनि भ्रमणमा जानुपूर्व र भ्रमणपछि संसद्लाई त्यसबारे जानकारी नदिएको गुनासो गर्नुभयो ।

“संसद् लोकतन्त्रको अभ्यास र पाठशाला हो । प्रधानमन्त्रीको अनुकूलतामा चल्ने संस्था होइन, प्रतिपक्ष र सत्तापक्षबाटै प्रश्न आउँदा प्रधानमन्त्रीको सदनमा उपस्थिति हुनु आवश्यक हुन्छ । तर प्रधानमन्त्री सदनमा नआएर के काममा व्यस्त हुनुहुन्छ भन्ने संसद्लाई थाहा हुनुपर्छ ।” आङ्देम्बेले भन्नुभयो,

उहाँले भन्नुभयो, “हामीले नयाँ पुस्तालाई संसदीय अभ्यास र लोकतन्त्रबारे के सिकाउन खोज्दैछौँ भन्ने कुरा मनन् गर्नुपर्छ । संसद् भनेको मन परेका बेला आउने र नपरेकाबेला नआउने थलो किमार्थ हुन सक्दैन । यो सत्तापक्ष र प्रतिपक्षको साझा थलो हो, यहाँ जनताका समस्या र समाधानका विषयमा प्रश्नोत्तर गरिन्छ । प्रश्नबाट भाग्ने शासन कमजोर सावित हुन्छ ।”

संसदीय लोकतन्त्र र संस्थागत संरचनालाई बलियो बनाई विधि र कानुनको शासन सञ्चालन गर्न आग्रह गर्दै नेता आङ्देम्बेले पूर्व प्रधानन्यायाधीशलाई हिरासतमा लिइएको घटनाका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

उहाँले विपद् व्यवस्थापन, उद्धार, राहत र पुनःनिर्माणमा कार्यकुशलता प्रदर्शन नभएको तथा नजिकिएको चाडपर्वका समयमा बजारको महँगी र कालोबजारी नियन्त्रण हुन नसकेको आरोप लगाउँदै राष्ट्रिय दलका शीर्ष नेताहरुको परामर्शका आधारमा सरकारलाई दिइएको सुझावाको सुनुवाइ नभएको भनी दुःख व्यक्त गर्नुभयो ।

नेता आङ्देम्बेले २०८२ भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित प्रतिवेदन कार्यान्वयन गर्न, निजामती प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न र विदेश नीतिमा राष्ट्रिय हितलाई निरन्तरता कायम राख्न आग्रह गर्नुभयो । उहाँले प्रदेश र स्थानीय सरकारलाई शासनका प्रत्येक कार्यमा साझेदार बनाउनुपर्ने र राजनीतिक दलहरूबीच राष्ट्रिय मुद्दामा सहकार्यको संस्कृति विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा प्राधिकरणसँग जानकारी माग

    दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा प्राधिकरणसँग जानकारी माग

  • दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु

    दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु

  • रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

    रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

  • कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

    कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा प्राधिकरणसँग जानकारी माग

    दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा प्राधिकरणसँग जानकारी माग

    दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु

    दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु

    रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

    रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

    कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

    कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution