Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १५, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय

रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १५, बिहिबार (१ घण्टा अघि)
‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय

काठमाडौँ, १५ असोजः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकसँग जीवनभर सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइलाई संरक्षण गरी नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण तथा विकासको प्रक्रिया अघि बढाएको छ ।

छत्तिसौँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई केबल हेरचाह र संरक्षण आवश्यक पर्ने समूहका रूपमा नभई राष्ट्रका ज्ञान, सीप र अनुभवका अमूल्य स्रोतका रूपमा स्थापित गर्दै उहाँहरूको अनुभवलाई भावी पुस्तासँग जोड्ने नयाँ अवधारणा अघि सारेको हो ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ज्येष्ठ नागरिकसँग सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइ राष्ट्रका अमूल्य बौद्धिक तथा सामाजिक सम्पदा भएको बताउनुभएको छ ।

“ज्येष्ठ नागरिकसँग सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइ राष्ट्रका अमूल्य बौद्धिक तथा सामाजिक सम्पदा हुन् । ती अनुभवको संरक्षण, अभिलेखीकरण र पुस्तान्तरणलाई संस्थागत रूप दिन डिजिटल प्रविधिको उपयोगसहित ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण तथा विकासको प्रक्रिया अघि बढाइएको छ”, मन्त्री बादीले भन्नुभएको छ ।

उहाँका अनुसार यस पहलले एक पुस्ताले आर्जन गरेको ज्ञान र अनुभवलाई अर्को पुस्ताको मार्गदर्शनमा रूपान्तरण गर्दै अन्तरपुस्ता ज्ञान हस्तान्तरणलाई सुदृढ बनाउनेछ ।

मन्त्रालयले अघि बढाएको अनुभव बैंकले ज्येष्ठ नागरिकप्रतिको परम्परागत दृष्टिकोणलाई फराकिलो बनाउने लक्ष्य राखेको छ । सामाजिक सुरक्षा, स्वास्थ्य, हेरचाह र संरक्षणसँगै उहाँहरूसँग रहेको ज्ञान, सीप र जीवन अनुभवलाई समाज तथा भावी पुस्ताका लागि उपयोग गर्ने यसको मूल अवधारणा हो ।

मन्त्री बादीले ज्येष्ठ नागरिकलाई केबल संरक्षण र हेरचाहको आवश्यकता भएका व्यक्तिका रूपमा नभई समाजका सक्रिय, अनुभवी, सम्मानित र अपरिहार्य साझेदारका रूपमा हेर्नुपर्ने बताउनुभएको छ ।

ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा कृषि, उद्यम, पेसा, शिक्षा, प्रशासन, कला–संस्कृति, परम्परागत ज्ञान, सामाजिक जीवन तथा विभिन्न व्यावहारिक क्षेत्रमा आर्जन गरेका अनुभवलाई डिजिटल प्रविधिको उपयोगसहित अभिलेखीकरण गरी पुस्तान्तरणलाई संस्थागत गर्ने सोच मन्त्रालयको छ ।

अनुभव बैंकको मुख्य आधार अन्तरपुस्ता ज्ञान हस्तान्तरण हुनेछ । ज्येष्ठ नागरिकले दशकौँको अभ्यास र जीवनयात्राबाट आर्जन गरेको ज्ञान र अनुभव उहाँहरूसँगै हराएर जान नदिइ त्यसलाई भावी पुस्ताका लागि सुरक्षित र उपयोगी बनाउने उद्देश्य राखिएको छ ।

अनुभव बैंकमार्फत ज्येष्ठ नागरिकसँग रहेको ज्ञान र सीपलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्दै नयाँ पुस्तालाई त्यससँग जोड्ने आधार तयार हुनेछ । त्यसलाई क्रमशः विकास गर्दै विद्यार्थी, युवा तथा नयाँ पुस्ताले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र जीवनका सिकाइबाट निःशुल्क रूपमा सिक्न र मार्गदर्शन लिनसक्ने माध्यमका रूपमा विकास गर्ने अवधारणा रहेको छ ।

एक पुस्ताले लामो समय लगाएर आर्जन गरेको अनुभव अर्को पुस्ताका लागि मार्गदर्शन बन्ने र समाजमा रहेको व्यावहारिक तथा परम्परागत ज्ञानको पुस्तान्तरणलाई यसले थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

मन्त्रालयको अवधारणाले ज्येष्ठ नागरिकलाई राज्यबाट सेवा र सुविधा प्राप्त गर्ने लाभग्राहीका रूपमा मात्र नभई ज्ञान दिने, सीप बाँड्ने, अनुभव हस्तान्तरण गर्ने र नयाँ पुस्तालाई मार्गदर्शन गर्ने ज्ञानदाताका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

मन्त्री बादीले भन्नुभयो, “वास्तविक सम्मान त्यतिबेला स्थापित हुने छ, जब ज्येष्ठ नागरिकका अनुभव सुनिन्छन्, उहाँहरूको ज्ञानलाई सम्मानपूर्वक उपयोग गरिन्छ र सामाजिक तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताको वातावरण निर्माण हुन्छ ।”

उहाँले बदलिँदो पारिवारिक संरचना, बसाइँसराइ, सहरीकरण र जीवनशैलीसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, हेरचाह, एक्लोपन र सामाजिक सहभागितासँग सम्बन्धित नयाँ चुनौती देखिएको उल्लेख गर्नुभएको छ ।

उहाँहरूको जीवनलाई सुरक्षित, मर्यादित र अर्थपूर्ण बनाउनु परिवार, समुदाय, समाज र राज्य सबैको साझा दायित्व भएको मन्त्री बादीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा प्राधिकरणसँग जानकारी माग

    दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा प्राधिकरणसँग जानकारी माग

  • दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु

    दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु

  • रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

    रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

  • कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

    कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा प्राधिकरणसँग जानकारी माग

    दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा प्राधिकरणसँग जानकारी माग

    दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु

    दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु

    रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

    रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

    कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

    कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution