Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १५, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चिया बेचेरै परिवारको गुजारा

रासस ४०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १५, बिहिबार (१ घण्टा अघि)
चिया बेचेरै परिवारको गुजारा

कपिलवस्तु, १५ असोजः दैलेखबाट कपिलवस्तु झर्नुभएका बलराम देवकोटा र उहाँकी श्रीमती बिहानैदेखि तौलिहवा बजारमा चिया बेच्न व्यस्त हुनुहुन्छ । ती देवकोटा दम्पतीले दैनिक करिब ४५० कपभन्दा बढी चिया बिक्री गरी परिवारको गुजारा चलाउँदै आउनुभएको छ ।

दैलेखको दुल्लु नगरपालिका–८ बडालम्जीका स्थायी बासिन्दा देवकोटा रोजगारीका सिलसिलामा विसं २०७७ मा कपिलवस्तु आउनुभएको हो । उहाँले छ वर्षदेखि कपिलवस्तुको सदरमुकाम तौलिहवा बजार क्षेत्रमा चिया बिक्री गर्दै आउनुभएको छ ।

देवकोटाले प्रतिकप रु १० मा चिया बिक्री गर्नुहुन्छ । गर्मी होस् वा जाडो, दैनिक करिब ४५० कप चिया बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो । उहाँको अहिले दैनिक करिब चार हजार पाँचको कारोबार हुने गरेको छ ।

उहाँका दैनिक रुपमा बिहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म बजार क्षेत्रमा चिया बेच्नुहुन्छ । दिउँसो २ः०० बजेदेखि राति ८ः०० बजेसम्म पुनः चिया बेच्ने उहाँको दैनिकी छ ।

देवकोटाको परिवारमा एक छोरा र एक छोरी छन् । चिया बेचेर हुने आम्दानीले परिवारको दैनिकी सहज रुपमा नै चलाउँदै आएको उहाँले बताउनुभयो । विदेश गएर रोजगारी गर्नुभन्दा स्वदेशकै व्यवसायबाट आफू सन्तुष्ट रहेको देवकोटाको भनाइ छ ।

“जे गर्छु नेपालमै गर्छु । मेहनत गर्नेलाई नेपाल नै विदेश हो”, उहाँले भन्नुभयो । सामान्य लगानी र निरन्तर मेहनतबाट पनि स्वदेशमै गतिले आम्दानी गर्न सकिन्छ भन्ने त्यस क्षेत्रमा उहाँ उदाहरणीय पात्र हुनुहुन्छ । चिया बिक्रीलाई नै निरन्तरता दिँदै परिवारको भविष्य निर्माण गर्ने उहाँको योजना छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा प्राधिकरणसँग जानकारी माग

    दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा प्राधिकरणसँग जानकारी माग

  • दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु

    दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु

  • रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

    रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

  • कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

    कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा प्राधिकरणसँग जानकारी माग

    दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा प्राधिकरणसँग जानकारी माग

    दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु

    दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु

    रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

    रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

    कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

    कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution