Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १३, मंगलबार (२ घण्टा अघि)
चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

काठमाडौँ, १३ असोजः पछिल्लो भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटनामा परी २७ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार असोज ८ देखि ११ गतेसम्मको अवधिमा भएका विपद्का घटनामा चार जना बेपत्ता र आठ जना घाइते भएका छन् । ती विपद्का घटनाबाट एक हजार ८२ परिवार प्रभावित भएका छन् भने ११४ वटा पशुचौपाय क्षति भएको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा पहिरोका ३०४ वटा घटना परी २० जनाको मृत्यु भएको थियो भने चार जना बेपत्ता र सात जना घाइते भएका छन् । त्यस्तै बाढीका ८७ वटा घटनामा चार जनाको मृत्यु भएको थियो । भारी वर्षासँग सम्बन्धित १५१ घटनामा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

भारी वर्षाका कारण २२७ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन भने १४२ घरमा आंशिक क्षति पुगेको छ ।
बाढी पहिरोबाट ३१ वटा पुलमा क्षति पुगेको छ ।

प्राधिकरणका अनुसार चार दिनको वर्षाका क्रममा देशभरका १८६ वटा वर्षा मापन केन्द्रमा १०० मिलीमिटरभन्दा बढी वर्षा भएको थियो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँमा सबैभन्दा बढी ५४४ दशमलव दुई मिलीमिटर, कास्कीको पञ्चासेमा ५०० दशमलव दुई मिलीमिटर र तनहुँको अत्रौलीटारमा ४७२ मिलीमिटर वर्षा मापन भएको थियो ।

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण यस अवधिमा देशका विभिन्न भूभागमा भारी वर्षा भएको प्राधिकरणले जनाएको छ ।

पूर्वसूचनाबाट करिब १० लाखलाई चेतावनी

प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि वर्षा सुरु हुनुअघि नै पूर्वसूचना र पूर्वतयारीलाई चुस्त तुल्याएको थियो ।

पछिल्लो वर्षाको अवधिमा प्राधिकरणको ‘सिचुएसन रुम’ बाट ७६ घण्टा निरन्तर मौसम तथा विपद् जोखिमको अनुगमन, सूचना सम्प्रेषण र अन्तरनिकाय समन्वय गरेको थियो ।

दूरसञ्चार सेवा प्रदायकमार्फत करिब नौ लाख ८० हजारभन्दा बढी नागरिकलाई लक्षित बाढी चेतावनी एसएमएस पठाइएको थियो । त्यसमध्ये पाँच हजारभन्दा बढी प्रतिकार्यमा संलग्न तथा करिब नौ हजार पर्यटकलाई समेत मौसम तथा विपद् जोखिमसम्बन्धी सतर्कता सूचना प्रवाह गरिएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

त्यस समयमा प्राधिकरणले प्रमुख नदीको बाढी पूर्वानुमान अवधि तीन दिनबाट बढाएर पाँच दिन तथा साना नदी तथा खोलामा आउने आकस्मिक बाढीको पूर्वानुमान अवधि २४ घण्टाबाट बढाएर ४८ घण्टा पुर्याएको थियो ।

करिब दुई हजारको उद्धार

प्राधिकरणको प्रवक्ता शान्ति महतले त्यस अधिमा वर्षाजन्य विपद्का कारण जोखिममा परेका करिब दुई हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार जाजरकोट, म्याग्दी र बागलुङलगायत दुर्गम जिल्लामा बाढी तथा पहिरोमा फसेकाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । खोज, उद्धार तथा राहत कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनासहितका सुरक्षाकर्मी परिचालित भएका थिए ।

उहाँले भन्नुभयो, “असोज ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा जोखिममा रहेका ७८ जनालाई हेलिकोप्टरबाट उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो ।” जाजरकोटस्थित भेरी नदीबीच टापुमा फसेका चार जनाको समेत हवाई उद्धार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

मनाङ र मुस्ताङमा नदी थुनिएपछि सतर्कता

प्रवक्ता महतका अनुसार भारी वर्षापछि असोज ११ गते साँझ मनाङको चामेमा पहिरोका कारण मस्र्याङ्दी नदीको जलप्रवाहमा अवरोध सिर्जना भएको थियो ।

प्राधिकरणका अनुसार मुस्ताङको थासाङ गाउँपालिका–३ पहिरोका कारण काली गण्डकी नदीको जलप्रवाहमा अवरोध भएको थियो । प्राधिकरणले दुवै नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्ला तथा स्थानीय तहका प्रतिकार्यकर्तालाई सूचना पठाएको थियो ।

असोज १२ गतेपछि भने नारायणीसहित देशका प्रमुख नदीमा जलसतह क्रमशः घट्दै गएको र अवस्था सामान्यतर्फ उन्मुख रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

  • रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

    रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

  • थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु

    थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु

  • मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु

    मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १२ गते सोमबार

    २०८३ असोज १२ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

    रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

    थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु

    थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु

    मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु

    मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution