Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पहिरोले तनहुँका १८ घरमा क्षति

रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ११, आईतबार (३ घण्टा अघि)
पहिरोले तनहुँका १८ घरमा क्षति

दमौली (तनहुँ), ११ असोजः केही दिनदेखि परेको वर्षाका कारण तनहुँका १८ घरमा क्षति पुगेको छ । वर्षाका कारण घरहरू भत्किएका छन् भने कतिपय घर बस्न नमिल्ने गरी क्षतिग्रस्त बनेका छन् ।

म्याग्दे गाउँपालिका-२ जामुनेमा अविरल वर्षाका कारण बगरसहितको लेदो बस्तीमा खसेर स्थानीय खिमादेवी विकको दुईतले पक्की घरमा क्षति पुगेको छ । आज बिहान घरमाथिको बारीबाट आएको लेदोले घरमा क्षति पुर्‍याएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । जोखिमलाई मध्यनजर गर्दै खिमा देवीसहित परिवारलाई छिमेकीको घरमा सुरक्षित स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । घिरिङ गाउँपालिका-१ पुट्टारस्थित गुहिया खोलामा आएको बाढीले खोलाको धार परिवर्तन गर्दा स्थानीयको घरमा पानी पसेको छ । आज बिहान आएको बाढीले भुमलाल दरैको घरसहित अन्य चार वटा ढुङ्गा-माटोले बनेका कच्ची घरको तल्लो तलामा पानी पसेको हो ।

घरहरू जोखिममा परेको सूचना प्राप्त भएपछि प्रहरी चौकी पुट्टारबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले जोखिममा रहेका घरका परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारेको जनाएको छ । घटनामा मानवीय तथा पशुचौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।

यस्तै ऋषिङ गाउँपालिका-१ धोक्लोमा पहिरोले दुई वटा कच्ची घरमा क्षति पुर्‍याएको छ । आज बिहान ६ः३० बजे घरभन्दा करिब एक सय मिटर माथिबाट लेदो, माटोसहितको पहिरो खस्दा भित्री सडकको नाला थुनिएर लेदोमाटो र पानी घरभित्र पसेको हो ।

पहिरोका कारण जितबहादुर राना र डम्बरबहादुर रानाको ढुङ्गा माटोले बनेको एकतले कच्ची घरमा क्षति पुगेको छ । घरमा रहेका सामान तथा लत्ताकपडा क्षति भए पनि मानवीय तथा पशुचौपाय क्षति नभएको प्रहरीले जनाएको छ । घटनापछि घरमा बसोबास गर्ने परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । घटनास्थलमा अस्थायी प्रहरी पोस्ट झापुटारबाट प्रहरी टोली खटिएको छ ।

बन्दीपुर गाउँपालिका-४ ठूल्ढुङ्गास्थित नीरज श्रेष्ठको एकतले कच्ची घरको पछाडिको भाग पहिरोले क्षति पुगेको छ । घरमा बसोबास गर्ने परिवारका सदस्यलाई सुरक्षित स्थानतर्फ सारिएको प्रहरीले जनाएको छ ।

व्यास नगरपालिका-१४ कैजलेमा दुई घरमा पहिरोले क्षति पुगेको छ । स्थानीय दलबहादुर परियार र सोविता परियारको घरमा क्षति पुगेको छ । उनीहरुको सामग्री प्रहरीले सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरिक्षक घिमिरेले जानकारी दिनुभयो ।

भानु नगरपालिका-२ शिवालय टोलमा लेदोसहितको पहिरोले दुई घरमा क्षति पुर्‍याएको छ । स्थानीय ४८ वर्षीय विक्रम परियारको ढुङ्गामाटोले बनेको एकतले कच्ची घरको एकतर्फी गाह्रो भत्किएको छ । सोही स्थानका २१ वर्षीय राजन सुनारको एकतले कच्ची घरसमेत जोखिममा परेको प्रहरीले जनाएको छ ।

भानु नगरपालिका–१३ ठूलढुङ्गामा पहिरोले एक भान्साघर पूर्ण रूपमा क्षति पुर्‍याएको छ । हस्तमाया गुरुङको जस्तापाताको छाना र ढुङ्गा माटोले बनेको भान्साघरमा आँगनबाट पहिरो खसेको हो । पहिरोले भान्साघर पूर्ण रूपमा क्षति हुँदा घरभित्र रहेका अन्नपात तथा भाँडावर्तनसमेत पुरिएर क्षति भएको प्रहरीले जनाएको छ ।

व्यास नगरपालिका-१० डिहीगाउँमा पहिरोले घर बगाउँदा एक परिवार विस्थापित भएको छ । स्थानीय तिलबहादुर विकको इँटाले बनेको एकतले कच्ची घरभन्दा करिब ३० मिटर माथिबाट पहिरो खसेर घर पूर्ण रूपमा बगाएको उहाँले बताउनुभयो । पहिरोले घरमा रहेका अन्नपात, सरसामान, गरगहना तथा नगदसमेत बगाएको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।

पहिरोका कारण डिहीगाउँ-बैरेनी भित्री सडकखण्डमा समेत क्षति पुगेको छ भने सोही स्थानमा रहेका सुकबहादुर दरैको पक्की घर र विष्णुबहादुर दरैको कच्ची घर पहिरोको जोखिममा रहेका छन् ।

व्यास नगरपालिका-५ चापाघाटमा पहिरो खस्दा पेट्रोलपम्पमा क्षति पुगेको छ । तनहुँ आयल डिस्ट्रीब्युटरको पूर्वतर्फबाट करिब ५० मिटर तल खसेको पहिरोले पेट्रोलपम्पको एक डिजेल ट्याङ्कीसमेत बगाएको छ । पेट्रोलपम्पका दुईवटा एकतले कच्ची भवनसमेत जोखिममा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution