Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रसुवा नाका पुनः सञ्चालनका लागि चिनियाँ राजदूतसँग आग्रह

रासस १३२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार (२ दिन अघि)
रसुवा नाका पुनः सञ्चालनका लागि चिनियाँ राजदूतसँग आग्रह

काठमाडौँ, ९ असोजः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटमा पूर्वाधारमन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रसुवागढी केरुङनाका पुनः सञ्चालनलगायत विषयमा चीन सरकारको तर्फबाट आवश्यक सहयोगका लागि अनुरोध गर्नुभएको छ ।

मन्त्री लम्सालले करिब छ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावत आवश्यक परेको बताउँदै कोरला तथा तातोपानीनाकाको प्रभावकारी सञ्चालनलगायत विषयमा चीन सरकारबाट आवश्यक समन्वयका लागि आह्वान गर्नुभयो ।

“भोटेकोशीमा आएको बाढीका कारण नेपालको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएको छ”, उहाँले भन्नुभयो, “तत्कालका लागि पुरानै स्थानबाट अस्थायी सडक तथा यातायातको व्यवस्था मिलाएर स्थानीय नागरिकलाई राहत दिनेगरी नेपाल सरकारले दिनरात काम गरिरहेको छ ।” उहाँले स्याफ्रुबेँसीबाट रसुवागढीसम्मको सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन चीन सरकारको सहयोग आवश्यक रहेको बताउँदै सोका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

मन्त्री लम्सालले काठमाडौँ-रसुवागढी केरुङनाकासम्मको दीर्घकालीन सडक पूर्वाधार विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी आवश्यक स्थानमा ट्रयाक खोल्ने कार्यमा समेत सरकार अघि बढेको जानकारी दिनुभएको छ । उहाँले सो कार्यमा चीन सरकारको सहयोग र समन्वयका लागि आग्रह गर्नुभएको छ ।

भेटका क्रममा चिनियाँ राजदूत माओमिङले चीन नेपालको असल मित्र तथा छिमेकीका रूपमा रहेको भन्दै चीन सरकारले हरसम्भव सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको रसुवागढीनाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

राजदूत वाङले कोरला र तातोपानीनाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको जानकारी दिँदै रसुवागढीनाकाको पुनर्निर्माण तथा सञ्चालनका सम्बन्धमा नेपाल सरकारले विशेष प्रस्ताव पठाएमा आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्री लम्सालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

  • मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

    मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

  • पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

    पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution