Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सरकारले कृषि क्षेत्रको आपूर्ति सुधारसम्बन्धी अध्ययन गरिरहेको छः मन्त्री चौधरी

रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ५, सोमबार (६ दिन अघि)
सरकारले कृषि क्षेत्रको आपूर्ति सुधारसम्बन्धी अध्ययन गरिरहेको छः मन्त्री चौधरी

काठमाडौँ, ५ असोजः कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि क्षेत्रको आपूर्ति शृङ्खला सुधारसम्बन्धी अध्ययन गरिरहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सदस्य रुक्मिणी कोइरालाले कृषकका उत्पादनले उचित मूल्य नपाएको, विचौलियाको अस्वभाविक हस्तक्षेपका कारण कृषक एवं उपभोक्ता दुवै मारमा परेका भनी राख्नुभएको प्रश्नको उत्तर दिने क्रममा मन्त्री चौधरीले कृषि उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा किन्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले यस्तो अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संयोजकत्वमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको समन्वयसहित ‘आपूर्ति शृङ्खला सुधारका लागि सुझाव कार्यदल’ गठन गरिएको पनि मन्त्री चौधरीले बताउनुभयो । किसानले उत्पादन गरेका गोलभेँडा खेतमा प्रतिकिलो रु पाच् नपाएर फाल्नुपर्ने अवस्था आएको, विचौलियाको अस्वाभाविक हस्तक्षेपका कारण सोही उत्पादन उपभोक्ताको भान्सामा पुग्दा प्रतिकिलो रु ९० सम्म पुगिरहेको अवस्था रहेको भनी सदस्य कोइरालाले सदनमा यसबारे जवाफ माग गर्नुभएको थियो ।

यस्तो स्थितिमा सरकारले बजारको मूल्य नियन्त्रण गर्न किन नसकेको हो ? भनी सदस्य कोइरालाले गर्नुभएको प्रश्नको जवाफमा मन्त्री चौधरीले कार्यदलको प्रारम्भिक अध्ययनअनुसार कृषि उपजको आपूर्ति शृङ्खलामा किसानदेखि उपभोक्तासम्म पाँच तहसम्मका विचौलिया संलग्न देखिएका बताउनुभयो ।

“सरकारले अनावश्यक व्यवस्था घटाएर आपूर्ति शृङ्खलालाई दुई वा तीन तहमा सीमित गर्ने लक्ष्य लिएको छ । आपूर्ति शृङ्खला सुधारसम्बन्धी सिफारिस कार्यान्वयन गर्दा किसानले कृषि उपजबाट प्राप्त गर्ने मूल्यमा वृद्धि हुन सक्ने देखिन्छ । सुधारका ठोस उपाय पहिचान गर्न कार्यदलले देशका १२ वटा प्रमुख कृषि बजार तथा उत्पादनस्थलबाट स्थलगत तथ्याङ्क सङ्कलन गरिरहेको छ । बजारको मागअनुसार खेती गर्ने प्रणाली, कृषि उपजको भण्डारण, प्रशोधन तथा प्याकेजिङ र नोक्सानी न्यूनीकरणका उपायबारे कार्यदलले सुझाव दिनेछ”, मन्त्री चौधरीले भन्नुभयो ।

देशभर कृषि उपजको मूल्य नियन्त्रण गर्न दैनिक रूपमा सङ्घीय बजारमा थोक (होलसेल) मूल्य वेभसाइटमार्फत सार्वजनिकीकरण भइरहेको पनि उहाँले बताउनुभयो । कृषक दाजुभाई तथा दिदीबहिनी एवं आमउपभोक्ताले आफ्नो मोबाइलमा घरमै बसी एएमपिआइएस एपमार्फत १२ प्रमुख कृषि बजारको दैनिक मूल्य हेर्न सक्ने व्यवस्था मिलाइएको मन्त्री चौधरीले जानकारी दिनुभयो । यसबाट कृषक तथा उपभोक्तालाई बजार मूल्यबारे समयमा सूचना प्राप्त गर्न सहज भएको मन्त्रालयले जनाएको छ ।

“बजारको माग, मूल्य अवस्था र आपूर्तिको आकलन गरी व्यावसायिक उत्पादन योजना बनाउन कृषकलाई प्रोत्साहन गरिएको छ । यसका साथै बाह्य स्थानबाट आयात हुने कृषि उपजको विषादी जाँचका लागि विषादी अवशेष द्रुत विश्लेषण परीक्षणको व्यवस्था प्रत्येक सङ्घीय बजारमा गरिएको छ । यसबाट खाद्य स्वच्छता सुनिश्चित गर्न समेत सघाउ पुगेको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

  • मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

    मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

  • पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

    पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution