Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पाल्पामा दुई करोड लगानीमा पानी उद्योग सञ्चालन

रासस २२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रबार (१ हफ्ता अघि)
पाल्पामा दुई करोड लगानीमा पानी उद्योग सञ्चालन

पाल्पा, २ असोजः पछिल्लो समय युवा वैदेशिक रोजगारी, शिक्षालगायत कामले गाउँबाहिर जाने क्रम बढिरहेको अवस्थामा यहाँका युवाले भने गाउँमा लगानी गरेर पानी उद्योग सञ्चालन गरेका छन् । जिल्लाको तानसेनका युवाले गाउँमा रु दुई करोड लगानीमा पिउने पानी उद्योग सञ्चालनमा ल्याएका हुन् ।

एकातिर युवाहरू विदेशिदै जानु र अर्कोतर्फ यहाँको व्यापार-व्यवसायको गतिविधि विस्तारै सुस्ताउँदै गइरहेका बेला रामजी ढुङ्गाना, लक्ष्मण ढुङ्गाना र विराज ढुङ्गानाले तानसेन नगरपालिका-७ प्रभासमा ‘सिएन पिउने पानी उद्योग’ सञ्चालनमा ल्याउनुभएको हो ।

स्थानीय बजारमा पिउने पानीको माग बढ्दै गएको र सञ्चालनमा रहेका उद्योगबाट बजारको मागअनुसार पर्याप्त आपूर्ति हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक विराजले बताउनुभयो । उपभोक्ताको स्वास्थ्य र मागलाई प्राथमिकतामा राख्दै प्रारम्भिक चरणमा एक हजार मिलिलिटर, पाँच सय मिलिलिटर र तीन सय मिलिलिटर क्षमताका प्रशोधित बोतलको पानी बजारमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

आफ्नो माता नारायणी ढुङ्गाना र स्वर्गीय पिता चिरञ्जीवी ढुङ्गानाको स्मृतिमा उद्योग खोलिएको भन्दै उहाँहरूले ‘सिएन पिउने पानी उद्योग’ नाम राख्नुभएको छ । पछिल्लो समय बजारमा व्यापार-व्यवसाय सुस्ताउँदै गएको अवस्थामा ठूलो लगानीसहित नयाँ उद्योग स्थापना हुनुलाई सकारात्मक रूपमा लिइएको वडाध्यक्ष प्रदीप खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योगले स्थानीयस्तरमै रोजगार सिर्जना हुनुका साथै शुद्ध पिउने पानीको सहज आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्ने छ ।”

वडाध्यक्ष खनालले प्रभास क्षेत्र पछिल्लो समय तीव्र विकासको गतिमा अघि बढिरहेको बताउनुभयो । “प्रभासमा पिउने पानी उद्योग, दुग्ध प्रशोधन, लुम्बिनी मेडिकल कलेज तथा निजी विद्यालय सञ्चालनमा आएसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा ठूलो सहयोग पुगेको छ”, उहाँले भन्नुभयो । व्यापारिक क्षेत्रमा आएको उतारचढावका बीच उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गए तानसेनको आर्थिक गतिविधिलाई नयाँ आधार मिल्ने अध्यक्ष खनालको भनाइ छ ।

तानसेन नगरपालिका-७ प्रभास पछिल्लो समय शैक्षिक, स्वास्थ्य तथा व्यावसायिक गतिविधिको केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । मुख्य बजार क्षेत्रभन्दा बाहिर पनि विभिन्न प्रकृतिका उद्योग तथा संस्थाहरू सञ्चालनमा आउन थालेपछि प्रभास क्षेत्रमा आर्थिक गतिविधि बढ्दै गएको पत्रकार भरत शर्माको बुझाइ छ । उहाँका अनुसार कुनै पनि क्षेत्रमा नयाँ उद्योग तथा व्यवसाय सञ्चालनमा आउनु त्यस क्षेत्रको आर्थिक गतिविधि बढ्नुको सङ्केत हो ।

उद्योग तथा व्यवसाय थपिँदै जाँदा रोजगारीका अवसर सिर्जना हुनुका साथै स्थानीयस्तरमा वस्तु तथा सेवाको माग बढ्ने, आर्थिक   चलायमान हुने शर्माले बताउनुभयो । “प्रभास क्षेत्रमा पछिल्लो समय विभिन्न क्षेत्रका उद्योग तथा संस्थाहरू थपिँदै गएका छन् । यसले यस क्षेत्रको विकास र विस्तारमा सकारात्मक प्रभाव पार्दै गएको छ”, उहाँले भन्नुभयो ।

तानसेन नेपालको पुरानो व्यापारिक तथा प्रशासनिक केन्द्रका रूपमा परिचित भए पनि पछिल्लो समय यहाँको व्यापार-व्यवसायमा केही कमी आएको व्यवसायीहरूको गुनासो छ । बजारमा ग्राहकको चहलपहल घटेको, नयाँ व्यापारिक केन्द्रहरू विकास भएको र उपभोक्ताको खर्च गर्ने शैलीमा परिवर्तन आएको अवस्थामा स्थानीय क्षेत्रमा नयाँ उद्योग स्थापना हुनु सकारात्मक उपलब्धि मानिएको छ ।

सिएन समूहले यसअघि यातायात क्षेत्रमा सफल लगानी गरिसकेको छ । व्यावसायिक सफलतासँगै यस समूहले विभिन्न सार्वजनिक स्थानहरूमा चौपारी निर्माण गर्नेलगायत सामाजिक र परोपकारी कार्यहरूमा पनि सक्रिय योगदान दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution