
धादिङ, २७ भदौः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माण र पुनःस्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । धादिङको गल्छीस्थित बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकनपछि उहाँले बाढीबाट ठूलो मानविय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब पुनर्निर्माणको काम महत्त्वपूर्ण रहेको बताउनुभयो ।
“भौतिक क्षति ठूलै भएको छ । अब बाढी प्रभावितका लागि राहतसँगै अब अस्थायी र स्थायी पुनर्निर्माण तथा पुनःस्थापनाको काममा ध्यान केन्द्रित गर्नुपर्छ”, उहाँले भन्नुभयो । संयोजक दाहालले विपद्पछि नेकपाले सुरुदेखि आफ्नोतर्फबाट पहल गर्दै आएको बताउनुभयो ।
बाढी आएलगत्तै पार्टीले प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन आह्वान गरेको र त्यसपछि बैठक बसेर विपद्पछिको अवस्थाबारे छलफल गरिएको उहाँको भनाइ छ । विपद् व्यवस्थापनसम्बन्धी अनुभव भएका पार्टी नेता गङ्गालाल तुलाधरको नेतृत्वमा कामको संयोजन गर्न समिति गठन गरिएको जानकारी दिँदै उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा परिचालन गरिएको बताउनुभयो ।
उहाँले बाढी प्रभावित क्षेत्रमा पार्टीको युवा सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसीएल)ले गरेको कामको प्रशंसा गर्नुभयो । “हाम्रा युवाहरू, मुख्यतः वाइसीएलले यसपटक प्रभावित क्षेत्रमा गएर समन्वयात्मक काम गरेका छन्, म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु”, दाहालले भन्नुभयो । दाहाल आज बाढीका कारण प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिन धादिङको गल्छी आउनु भएको हो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |