
काठमाडौँ, १९ भदौः
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ ।
अध्यक्ष ओली नेतृत्वको टोलीले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीडितको अवस्था, उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिनुहुने पार्टीका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले बताउनुभयो ।
एमालेले प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा ४० सदस्यीय बाढीपीडित उद्धार, राहत तथा पुनस्र्थापना सहयोग समिति गठन गरेको छ ।
अकल्पनीय एवं विनासकारी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनस्र्थापना कार्यलाई तीव्रता दिन पार्टीका तर्फबाट एमालेले रु एक करोड २० लाख सरकारको कोषमा सहयोग गर्ने घोषणा गरेको छ ।
यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |