Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

रासस १३०१ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र १९, शुक्रबार (३ हफ्ता अघि)
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ, १९ भदौः

भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा खोज तथा उद्धारकार्यलाई तीव्रता दिइएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त सो जलविद्युत् केन्द्रमा खोज तथा उद्धारकार्य तीव्र पारिएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार उक्त जलविद्युत् क्षेत्रमा खोज तथा उद्धारकार्यलाई तीव्रता दिइएको जानकारी दिनुभयो । उहाँले टनेलको मुखमा जमेको १५ फिटसम्मको लेदो निकालेर नेपाली सेनाको टोलीभित्र प्रवेश गरेको बताउनुभयो ।

“सेनाले थप अगाडिसम्म पुग्ने प्रयास जारी राखेको छ, दिनरात नभनी गरिएको प्रयासपछि सुरुङमा जमेको पानीलाई निकास दिन प्राविधिक टोली सफल भएको छ, त्यसबाट उद्धारकार्य थप सहज भएको छ”, प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरणको व्यवस्थापन समितिको बैठकले खोज तथा उद्धारकार्यलाई प्रभावकारी बनाउन कुनै पनि स्रोत साधनको अभाव हुन नदिने निर्णय गरेको छ । बैठकले आवश्यक बजेट, खाद्यान्न तथा अन्य सामग्रीको प्राप्ति, खर्च र त्यसको अभिलेख व्यवस्थापन गर्ने विशेष निर्णय गरेको छ ।

बाढीका कारण सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको विवरण अद्यावधिक गर्न र उनीहरूका परिवारको पीर, मर्का एवं गुनासो सुन्न प्राधिकरणले जनसाधन विभागका निर्देशकको संयोजकत्वमा समन्वय समिति गठन गरेकोे छ । सम्पर्कमा नआएका कर्मचारीका केही आफन्तजनलाई बाढीबाट क्षतिग्रस्त पावरहाउस क्षेत्रसम्मै पुर्याएर स्थलगत जानकारी गराउने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

  • मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

    मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

  • पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

    पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution