
धादिङ, भदौ १५:
धादिङको नीलकण्ठ क्याम्पसले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि ३ लाख २१ हजार ४७ रुपैयाँ सहयोग गरेको छ । क्याम्पसका शिक्षक तथा कर्मचारीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको क्याम्पसले जनाएको हो। विपत्तिका कारण प्रभावित नागरिकलाई तत्काल राहत पुर्याउन तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले रकम सहयोग गरिएको क्याम्पसले जनाएको छ ।
यसैगरी, क्याम्पसले बाढी तथा अन्य विपद्बाट प्रभावित विद्यार्थीलाई स्नातक तथा स्नातकोत्तर तहमा निःशुल्क अध्यापनको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ। विपद्का कारण आर्थिक तथा पारिवारिक समस्या भोगिरहेका विद्यार्थीको शिक्षामा निरन्तरता कायम राख्न यस्तो निर्णय गरिएको क्याम्पसले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |