Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि वैकल्पिक मार्गको खोजी ।

प्रत्यूष १७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार (३ हफ्ता अघि)
कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि वैकल्पिक मार्गको खोजी ।

धादिङ, भदौ १५:
धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गको करिब एक सय मिटर सडक भासिएपछि सडक विभागले तत्काल यातायात सञ्चालनका लागि वैकल्पिक मार्गको खोजी तथा अध्ययन थालिएको छ। त्रिशूली नदीको निरन्तर कटानका कारण सडकको जग नै कमजोर बनेकाले क्षतिग्रस्त सडक तत्काल पुनर्निर्माण गर्न सकिने अवस्था नरहेको प्राविधिकहरूले बताएका छन्।

आइतबार बिहान आएको बाढीपछि कृष्णभीरमा सडकको ठूलो भाग भासिनुका साथै सडकमा चिरा परेको हो। त्रिशूली नदीले सडकको जगतर्फ निरन्तर कटान गरिरहेका कारण थप सडक भासिन सक्ने जोखिम रहेको बताइएको छ। सडकमा पैदल हिँड्नसमेत जोखिमपूर्ण बनेपछि प्रहरीले कृष्णभीर क्षेत्रमा पैदल आवतजावतमा समेत रोक लगाएको छ।

सडक तत्काल निर्माण गर्न सकिने अवस्था नरहेकाले वैकल्पिक यातायात मार्गको अध्ययन सुरु गरिएको इन्जिनियर ज्ञानेन्द्र घिमिरेले बताउनुभएको छ। सडकको वास्तविक अवस्था र थप जोखिम मूल्याङ्कन गर्न ड्रोनमार्फत सर्वेक्षणसमेत गरिएको उहाँले जानकारी दिनुभएको छ।
कृष्णभीरका साथै परेवाभीर र शीतलबजार नजिकको पतौरी क्षेत्रमा समेत सडकको ठूलो भाग खसेको छ। राजमार्गका आधा दर्जनभन्दा बढी स्थानमा त्रिशूली नदीको कटानका कारण सडक चिरिएको जनाइएको छ। कृष्णभीरको माथिल्लो भागमा मानव बस्ती रहेकाले सडकको भित्ता काटेर विस्तार गर्नसमेत सहज नरहेको अध्यानले देखाएको छ । सडकको जग, नदी कटान र माथिल्लो भूभागको स्थायित्व अध्ययन गरेपछि मात्रै पुनर्निर्माणको विकल्प तय गरिने भएको हो ।

यसैबीच, चितवनको फिस्लिङ हुँदै बेनीघाट बजार र बेनीघाटबाट आरुघाट–गोरखा हुँदै आँबुखैरेनी जाने मार्ग तथा गल्छी–सुनौलाबजार–धादिङबेँसी–सल्यानटार–गोरखा रुटको अध्ययन भइरहेको छ। तर यी मार्गमा ठूला सवारी र ग्यासका बुलेट सञ्चालन चुनौतीपूर्ण हुने देखिएको छ ।
काठमाडौँ प्रवेश तथा बाहिरिने प्रमुख मार्गका रूपमा रहेको पृथ्वी राजमार्गमा दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने भएकाले कृष्णभीरको क्षतिले दीर्घकालीन प्रभाव पार्न सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

  • फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

  • भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

  • सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution