Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

स्वस्थ बुढ्यौली र हजुरआमाको सम्मानका लागि ‘दौडिन्छिन् हजुरआमा’ 

रासस १५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार (१ महिना अघि)
स्वस्थ बुढ्यौली र हजुरआमाको सम्मानका लागि ‘दौडिन्छिन् हजुरआमा’ 

बाँके, ८ भदौ :

जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने ध्येयका साथ नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रमको दोस्रो संस्करण सुरु हुँदैछ ।

दैनिक नेपालगञ्जको प्रकाशन संस्था सम्यक हब मिडिया प्रालि र नाटा बाँके च्याप्टरद्वारा यही भदौ २१ गते सुरु हुने उक्त कार्यक्रमले समाजका अघिल्लो पुस्ता र युवा पुस्ताबीचको सम्बन्धलाई थप आत्मिय र सुदृढ बनाउने विश्वास गरिएको छ ।

आयोजक संस्थाका प्रकाशक तथा सम्पादक झलक गैरेका अनुसार, आगामी आइतबारदेखि सहभागिताका लागि दर्ता खुला गरिनेछ । ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम ज्येष्ठ महिलाको शारीरिक सक्रियता, आत्मविश्वास, सामाजिक सहभागिता र मनोसामाजिक खुसी प्रवर्द्धन गर्ने सामाजिक अभियानका रूपमा अघि बढाइने छ ।

त्यस कार्यक्रममा ५० वर्ष उमेर पूरा भएका हजुरआमाबीच दौड प्रतियोगिता हुनेछ । स्थानीय बिपी चोकदेखि धम्बोझी चोकसम्मको एक हजार एक मिटर दूरी कायम गरिएको छ । प्रतियोगितामा जित–हारभन्दा आफ्नै उमेर र क्षमतामाथि विश्वास गर्दै सक्रिय जीवनको उत्सव मनाउने विषयलाई प्राथमिकता दिइएको आयोजकको भनाइ छ । दौडअघि आयोजना हुने स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण र परामर्श उपलब्ध हुनेछ । यसअघि भएको पहिलो संस्करणम १५० भन्दा बढी हजुरआमाको सहभागि हुनुहुन्थ्यो ।

पहिलो संस्करणमा देखिएको उत्साह, सहभागिता र आत्मविश्वासले कार्यक्रमलाई थप विस्तार गर्न प्रेरणा दिएको आयोजकले जनाएको छ । यसवर्ष कार्यक्रमलाई दौडमा मात्र सीमित नराखी अन्तरपुस्ता संवादमा रुपान्तरण गरिने जनाइएको छ ।

संवादमा हजुरआमा र नयाँ पुस्ताका ५० भन्दा बढी सन्तानबीच संवाद हुनेछ । त्यस अवसरमा हजुरआमाले आफ्ना जीवनका सङ्घर्ष, अनुभव, सपना, सिकाइ र भोगाइ सुनाउने कार्यक्रम तय गरिएको छ । नवपुस्ताले आफ्ना अग्रजका अनुभव सुन्न, बुझ्न र ज्ञान महत्त्वपूर्ण अवसर प्राप्त गर्ने छन् ।

सम्पादक झलक गैरेले भन्नुभयो, ‘दौडिन्छिन् हजुरआमा’ केवल दौड होइन, हजुरआमाको सम्मान, स्वस्थ बुढ्यौली प्रवर्द्धन र अन्तरपुस्ताबीच सम्बन्धलाई आत्मिय बनाउने सामाजिक अभियान हो ।”

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution