Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक–विद्यार्थी पुरस्कृत

रासस १५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार (१ महिना अघि)
शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक–विद्यार्थी पुरस्कृत

खोटाङ, ५ भदौ;

‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने जिल्लाका एक शिक्षक र उत्कृष्ट अङ्क ल्याउने एक विद्यार्थीलाई पुरस्कृतसहित अन्य चार जनालाई सम्मान गरेको छ । ‘शुभशेर राई जिल्ला उत्कृष्ट शिक्षक पुरस्कार–२०८३’ बाट साकेला माध्यमिक विद्यालय रतन्छामा कार्यरत साकेला गाउँपालिका–३ खिदिमा निवासी शिक्षक इन्द्रकुमार तामाङ पुरस्कृत हुनुभएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षण सेवा गर्नुभएका स्वर्गीय शुभशेर राईको तथा सम्झनामा परिवारका १९ सदस्यले प्रत्येक वर्ष आफ्नो कमाइको शून्य दशमलव पाँच प्रतिशतका दरले थप गर्नेगरी चार वर्षअघि स्थापना गरिएको रु ११ लाख ११ हजार १११ राशिको अक्षयकोषबाट शुक्रबार पुरस्कृत तथा सम्मान गरिएको हो ।

प्रतिष्ठानले स्वर्गीय शिक्षक राईको पाचौँ वार्षिक पुण्यतिथि तथा चौथो वार्षिक साधारणसभाको अवसर पारेर दिक्तेलमा आयोजना गरेको कार्यक्रममा शिक्षक तामाङलाई नगद रु ५५ हजार ५५५ राशिको पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका महासचिव लक्ष्मीप्रसाद खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा ‘शुभशेर राई खोटाङ जिल्ला शिक्षक नेतृत्व सम्मान–२०८३’ बाट सरस्वती माध्यमिक विद्यालयका शिक्षक टङ्क कटुवाल सम्मानित हुनुभएको छ । ‘शुभशेर राई उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्ष सम्मान–२०८३’ बाट हिमालय माध्यमिक विद्यालय सोल्माका अध्यक्ष सप्तमणि राई र ‘शुभशेर राई जिल्ला उत्कृष्ट प्रधानाध्यापक सम्मान–२०८३’ बाट लक्ष्मी माध्यमिक विद्यालय काहुलेका प्रधानाध्यापक कृष्णबहादुर राई सम्मानित हुनुभएको हो ।

‘शुभशेर राई दीर्घसेवी शिक्षक सम्मान–२०८३’ बाट जनता आधारभूत विद्यालय नेर्पाका प्रधानाध्याक झमप्रसाद आचार्य सम्मानित हुनुभएको छ । यस्तै, ‘शुभशेर राई उत्कृष्ट विद्यार्थी पुरस्कार–२०८३’ बाट चम्पावती माध्यमिक विद्यालय बुइपाको कक्षा–७ मा अध्ययनरत छात्र आनन्द श्रेष्ठलाई रु सात हजार ७७७ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

  • मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

    मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

  • पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

    पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution