Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मेलौलीमा प्रशासनिक सेवा, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

रासस १६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार (१ महिना अघि)
मेलौलीमा प्रशासनिक सेवा, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

बैतडी, ५ भदौः

मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै स्थानीयवासीलाई प्रशासनिक सेवा लिन सहज भएको छ । कार्यालय स्थापनापछि मेलौली नगरपालिकासहित शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको हो ।

यसअघि नागरिकता, नागरिकताको प्रतिलिपि र राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । गत वैशाख २४ गते इलाका प्रशासन कार्यालय स्थापना भएपछि स्थानीयवासीले यी सेवासहित अन्य प्रशासनिक सेवा पनि मेलौलीबाटै लिन पाएका छन् । मेलौली नगरपालिका–८ का शम्भुसिंह विष्टले कार्यालय स्थापनापछि प्रशासनिक सेवा लिन सहज भएको बताउनुभयो ।

“नागरिकतालगायतका प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । एक दिनभन्दा बढी समय लाग्थ्यो,” पञ्चेश्वर गाउँपालिका–१ का सुरेशराम सार्कीले भन्नुभयो, “कार्यालय स्थापनापछि समय र खर्च बचत हुनुका साथै आवतजावतको झन्झटसमेत हटेको छ ।”

इलाका प्रशासन कार्यालयले नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र र नाबालक परिचयपत्र वितरणलगायत सेवा प्रदान गर्दै आएको छ । इलाका प्रशासन कार्यालय मेलौलीका प्रमुख महेश भट्टका अनुसार हालसम्म एक हजार ७७ जनाले नागरिकता र ३३८ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । यस्तै, राष्ट्रिय परिचयपत्रका लागि एक हजार ३२५ जनाको विवरण सङ्कलन गरिएको छ भने ९२ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।

नियमित सेवा प्रवाह हुन थालेपछि दुर्गम क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा लिन सहज भएको प्रमुख भट्टले बताउनुभयो । “दैनिक सेवाग्राहीको चाप बढी नै हुने गरेको छ,” उहाँले भन्नुभयो, “जनशक्ति अभावका बीच पनि कार्यालयले नियमित सेवा प्रवाह गरिरहेको छ ।” कार्यालयले बजार अनुगमनलगायतका प्रशासनिक कामसमेत गर्दै आएको प्रमुख भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

  • मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

    मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

  • पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

    पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution