Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन

रासस १४५१ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण २८, बिहिबार (१ महिना अघि)
सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन

काठमाडौँ, २८ साउनः
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा आजदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ ।
कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सञ्चालनमा ल्याइएको सो बिक्री कक्षको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्घाटन गर्नुभयो । बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्रसेवक कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहजरुपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
बिक्री कक्ष उद्घाटनपछि सञ्चारकर्मीसँग मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो ।
सेवा विस्तारसँगै बिक्री कक्षमा नेपाली उत्पादनलाई प्राथमिकता दिइएको कम्पनीका विभागीय प्रबन्धक घनश्याम अर्यालले राससलाई जानकारी दिनुभयो ।
कम्पनीका विभागीय प्रबन्धक अर्यालले भन्नुभयो“यो केबल एउटा बिक्री कक्षको उद्घाटन मात्र होइन, नेपाली उत्पादनलाई प्राथमिकता दिने, स्वदेशी किसान र उद्योगलाई बजारसँग जोड्ने तथा उपभोक्तालाई गुणस्तरीय वस्तु सहजरुपमा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धताको व्यवहारिक सुरुआत हो ।”
उक्त कक्षमा १४२ प्रकारका खाद्य तथा गैरखाद्य वस्तु बिक्रीका लागि राखिएको छ । कम्पनीले आजदेखि ४४ जिल्लाका १९३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो र प्रतिलिटरमा रु पाँच छुट पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

  • मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

    मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

  • पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

    पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution