Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ग्यास अभावप्रति सांसद आशिका तामाङको कवितामार्फत व्यङ्ग्य

‘हातमा क्यास, बजारमा छैन ग्यास’ भन्दै आपूर्ति र वितरण व्यवस्थामाथि प्रश्न
प्रत्यूष ३३०१ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण २६, मंगलबार (१ महिना अघि)
ग्यास अभावप्रति सांसद आशिका तामाङको कवितामार्फत व्यङ्ग्य

धादिङबेशी  । सांसद आशिका तामाङले बजारमा देखिएको खाना पकाउने एलपी ग्यास अभाव र वितरणमा देखिएको असमानताप्रति कवितामार्फत व्यङ्ग्य गरेकी छन्। ‘हातमा क्यास, बजारमा छैन ग्यास’ भन्ने पंक्तिसहित उनले सर्वसाधारणले ग्यास सिलिन्डर पाउन भोग्नुपरेको समस्या र सरकारको आपूर्ति व्यवस्थापनप्रति प्रश्न उठाएकी हुन्।

तामाङले कविता प्रस्तुत गर्दै ग्यास नपाउँदा सर्वसाधारणको दैनिक खानपान नै प्रभावित हुने अवस्था रहेको उल्लेख गरिन्। पैसा भएर पनि बजारमा ग्यास नपाउने तर पहुँच भएकाहरूले एकैपटक तीनवटासम्म सिलिन्डर लैजान सक्ने अवस्था रहेको भन्दै उनले वितरण प्रणालीप्रति व्यङ्ग्य गरिन्।

उनले ग्यास अभावका कारण एउटा परिवारले धेरै सिलिन्डर लैजाँदा अर्को परिवारमा अभाव सिर्जना हुने अवस्थालाई कवितामा समेटेकी छन्। सरकारले ग्यास पर्याप्त हुने बताइरहे पनि सर्वसाधारण खाली सिलिन्डर बोकेर विभिन्न ठाउँमा धाउन बाध्य भएको उनको भनाइ छ।

तामाङले थानकोटका उपभोक्तासमेत खाली सिलिन्डर बोकेर बालाजु र टेकुसम्म पुग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उपभोक्ताले भोगिरहेको सास्तीलाई कवितामार्फत प्रस्तुत गरिन्।

कविताको अन्त्यमा उनले ग्रामीण जीवनको प्रसङ्ग जोड्दै हिमालको फेदी र पाखापखेरामुनि कहिले ‘ग्यास भर्ने पँधेरो’ बन्ने हो भन्दै व्यङ्ग्य गरेकी छन्। उनको कविताले ग्यासको सहज उपलब्धता, समान वितरण र उपभोक्ताले भोगिरहेको समस्यालाई केन्द्रमा राखेको छ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

  • फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

  • भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

  • सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution