Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सवारी रोकेर कानून व्यवसायीलाई सुरक्षित राख्ने चालक श्रेष्ठको निधन, आफू अस्ताएर धादिङका १८ कानून व्यवसायीलाई बचाए ।

प्रत्यूष २५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण २४, आईतबार (१ महिना अघि)
सवारी रोकेर कानून व्यवसायीलाई सुरक्षित राख्ने चालक श्रेष्ठको निधन, आफू अस्ताएर धादिङका १८ कानून व्यवसायीलाई बचाए ।

धादिङ, २४ साउनः

धादिङबेसीबाट नेपाल बार एसोसिएसन धादिङको साधारण सभामा सहभागी हुन १८ जना कानून व्यवसायी लिएर बेनिघाट रोराङ गाउँपालिका–८ चैलिङतर्फ जाँदै गरेका ईभी हाइसका चालक मिननारायण श्रेष्ठको बाटोमै स्वास्थ्यमा अचानक समस्या आएपछि निधन भएको छ । असहज महसुस हुनासाथ श्रेष्ठले सवारी सुरक्षित रूपमा रोकेका कारण यात्रुहरू सकुशल भएका हुन् ।
बा प्र ०१–००६६ ख ८६१६ नम्बरको ईभी हाइस चलाइरहेका सिद्धलेक गाउँपालिका वडा न ३ निवासी ५० वर्षीय श्रेष्ठ शनिबार धादिङबेसीबाट चैलिङ सामुदायिक होमस्टेतर्फ जाँदै थिए ।
चैलिङ नजिकै बिदाङ पुगेपछि होमस्टेतर्फको बाटो सोधेर करिब ५० मिटर अगाडि बढेका श्रेष्ठले आफूलाई असहज महसुस भएपछि तत्काल सवारी रोकेका थिए । त्यसलगत्तै चालक सिटमै उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।
सवारीमा रहेका कानून व्यवसायी र स्थानीयले श्रेष्ठलाई बाहिर निकालेर प्राथमिक उपचार गर्ने प्रयास गरेका थिए । खबर पाएपछि पुगेका स्वास्थ्यकर्मीले समेत कृत्रिम श्वासप्रश्वास तथा छाती थिचेर बचाउने प्रयास गरेका थिए । त्यसपछि एम्बुलेन्समार्फत अस्पताल पु¥याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
श्रेष्ठलाई हृदयघात भएको प्रारम्भिक जानकारी आएको भए पनि मृत्युको आधिकारिक कारण खुलिसकेको छैन । कानून व्यवसायी दिनेश दुवाडीका अनुसार असहज महसुस हुनासाथ श्रेष्ठले सवारी रोकेकाले सम्भावित दुर्घटना टरेको हो ।
सवारीमा टंककुमार श्रेष्ठसहित रामचन्द्र भट्ट, रामकृष्ण अधिकारी, खिल गिरी, विश्वराज अधिकारी, गोपी अर्याल, अम्बिका घिमिरे, दिनेश दुवाडी, विनोदमान श्रेष्ठ, पुष्पविक्रम मल्ललगायत १८ जना कानून व्यवसायी सवार थिए ।
नेपाल बार एसोसिएसन धादिङका कानून व्यवसायी तथा शुभेच्छुकहरूले श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

  • फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

  • भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

  • सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution