Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया

रासस २७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण ६, बुधबार (२ महिना अघि)
शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया

काठमाडौँ, ६ साउनः

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको तीन प्रतिशत समता कर फिर्ताको घोषणा स्वागतयोग्य भएको सम्बन्धित क्षेत्रका सरोकारवालाले बताएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी गराउनुभएको थियो ।

सरकारको तीन प्रतिशत समता कर फिर्ता गर्ने घोषणापछि शिक्षा तथा स्वास्थ्य क्षेत्रका सरोकारवाला क्षेत्रका पदाधिकारीले सरकारको घोषणाको खुलेर प्रशंसा गरेका छन् ।

राष्ट्रिय अभिभावक महासङ्घका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले सरकारले शिक्षाको समतामूलक करमा ‘करेक्सन’ गरेर उचित निर्णय गरेको बताउनुभयो । “हाम्रा आवाजलाई सुनेर सच्याएर जानु जनतामैत्री छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर नलिने घोषणा उचित छ ।”

शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले सरकारले शिक्षामा करभन्दा पनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गुणस्तर सुधार्नेतर्फ अघि बढ्नुपर्ने बताउनुभयो । “सरकारले कुनै पनि नीति तथा नियम बनाउँदा पर्याप्त पूर्वतयारी गरेर ल्याउँदा उचित हुन्थ्यो”, उहाँले भन्नुभयो, “सरकारले सामुदायिक विद्यालयलाई निजीसँग सहकार्य गरेर सामुदायिक विद्यालयको गुणस्तर सुधार्नेतर्फ अग्रसर हुन जरुरी छ ।”

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन०का महासचिव आरबी कटवालले निजी शिक्षालयका छाता संस्थाको आग्रह र अभिभावकको आवाजलाई सुनेर समता शिक्षा शुल्क फिर्ता घोषणा भएकामा खुसी तुल्याएको बताउनुभयो ।

उहाँले मङ्गलबार नै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र आफूबीचको छलफलमा आगामी ऐन, नियम र पाठयक्रम पुनरावलोकनका क्रममा पूर्वपरामर्श गर्न र सर्वोच्च अदालतका फैसलाबमोजिम काम गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन ९एनप्याब्सन०का अध्यक्ष सुवास न्यौपानेले सरकारको शिक्षा क्षेत्रको कर फिर्ता लिने निर्णय सकारात्मक रहेको बताउनुभयो । “सरकारले तीन प्रतिशत कर फिर्ता लिने निर्णय निकै सराहनीय रहेको छ”, उहाँले भन्नुभयो, “यो निर्णयलाई हामीले सकारात्मक ढङ्गले लिएका छौँ ।”

शिक्षा क्षेत्रका सरोकारवाला निकायमात्रै नभएर स्वास्थ्य क्षेत्रका सरोकार निकायले पनि स्वास्थ्य क्षेत्रमा हटाएको तीन प्रतिशत करको स्वागत गरेका छन् ।

मेडिकल व्यवसायी डा सुनिल शर्माले पनि सरकारले स्वास्थ्य क्षेत्रमा लगाएको तीन प्रतिशत कर हटाएको आधिकारिक हो भने निकै स्वागतयोग्य निर्णय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले तीन प्रतिशत स्वास्थ्य कर हटाएको भन्ने सामाजिक सञ्जालबाट जानकारी प्राप्त गरेका छौँ । यदि सरकारले आधिकारिक रूपमा नै कर हटाएको हो भने पक्कै पनि स्वागतयोग्य निर्णय हो ।”

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ अधिवक्ता ज्योति बानियाँले सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको तीन प्रतिशत कर फिर्ता गर्ने निर्णय स्वागतयोग्य भन्दै विद्युत्मा लगाएको पाँच प्रतिशत कर पनि फिर्ता गर्नुपर्ने बताउनुभयो ।

“सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको तीन प्रतिशत कर फिर्ता गर्ने निर्णय गरेर जनमैत्री निर्णय गरेको छ । सरकारले जनताको आवाज सुन्नु पक्कै पनि राम्रो विषय हो”, उहाँले भन्नुभयो, “सरकारले ५० युनिटभन्दा धेरै विद्युत् खपत गर्नेलाई लगाएको पाँच प्रतिशत कर पनि तत्कालै हटाउनुपर्ने देखिन्छ ।”

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution