Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

रासस ५२५१ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ ७, बिहिबार (४ महिना अघि)
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

कीर्तिपुर (काठमाडौँ), ७ जेठः

सार्क देशका विज्ञहरूले कृत्रिम बौद्धिकतालाई मानव सेवामा लगाउन यसको विवेकशील प्रयोगमा जोड दिएका छन् । राज्यले जतिसक्दो छिटो नीति बनाएर यसको दुरुपयोग रोक्नुपर्ने विज्ञको धारणा छ ।

त्रिभुवन विश्वविद्यालयको आयोजना र एसियाली विकास बैङ्क तथा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) को आर्थिक सहयोगमा बुधबारदेखि राजधानीमा सुरु भएको ‘उच्चशिक्षामा जिम्मेवार र नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकताको नक्साङ्कन’ सम्बन्धी बहसमा विज्ञहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेपालका साथै चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स, भूटानलगायत देशका प्रतिष्ठित विश्वविद्यालयका उपकुलपति, प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको उपस्थिति रहेको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा सुशीलबहादुर बज्राचार्यले कृत्रिम बौद्धिकताको सचेत प्रयोग गरी उच्चशिक्षालाई थप गुणस्तरीय, प्रभावकारी तथा विश्वपरिवेश अनुरूपको बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कृत्रिम बौद्धिकताको प्रयोगबारे प्राध्यापक र विद्यार्थीलाई दक्ष बनाई संस्थागत विकासमा केन्द्रित गर्नुपर्ने, अनुसन्धान दक्षता अभिवृद्धि गर्नुपर्ने र नीतिगत रूपमा सरकारले कृत्रिम बौद्धिकताको प्रयोगलाई सहज बनाउने नीति तथा कानुन निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपालका लागि चीनका राजदूत छाङ म्याओमिङले कृत्रिम बौद्धिकताको विकासले मानवीय चिन्तन प्रणालीमा व्यापक परिवर्तन ल्याएको धारणा व्यक्त गर्दै कृत्रिम बौद्धिकताको दिगो प्रयोग र सम्भावित चुनौतीको सामना गर्न चीन सरकारले अनुसन्धानमा लगानी बढाएको बताउनुभयो । उहाँले उच्चशिक्षामा कृत्रिम बौद्धिकताले अवधारणात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै सबै मुलुकहरूले आपसी सहयोग र सहकार्यमार्फत प्रविधिको सकारात्मक र मानवउपयोगी प्रयोगमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा ‘अनलाइन’ शिक्षासम्बन्धी अन्तरराष्ट्रिय संस्था नेपालको प्रारम्भ गरिएको छ । उक्त निकाय प्रारम्भ गर्ने सहमति पत्रमा निमित्त शिक्षाध्यक्ष प्राडा शङ्करप्रसाद खनाल र बी सियाओहान, युनेस्को उपनिर्देशकबीच हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

  • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

  • Post Thumbnail

    उपराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • Post Thumbnail

    घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    Post Thumbnail

    सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution