
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान भएको छ । आयोगद्वारा गठित सिफारिस समितिले बुधबार सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
समितिले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ५ को उपदफा १ को खण्ड (घ) बमोजिम अयोगको उपाध्यक्ष पदमा नियुक्ती प्रक्रिया अघि बढाएको हो ।
‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ५ को उपदफा १ को खण्ड (घ) बमोजिम चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नेपाल सरकारमा सिफारिस गर्न उम्मेदवार छनोट सम्बन्धी कार्यविधि–२०८३ अनुसार तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ,’ सूचनामा भनिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले १९ बैशाखमा जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ बाट आयोगका उपाध्यक्ष प्रा.डा अञ्जनीकुमार झा सहित अन्य पदाधिकारी पदमुक्त भएका थिए ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |