Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३४औँ केन्द्रीय सभा पाँच प्रतिबद्धतासहित पोखरामा सम्पन्न

प्रत्यूष ४० पटक पढिएको प्रकाशित मिति: २०८२ माघ १२, सोमबार (३ घण्टा अघि)
नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३४औँ केन्द्रीय सभा पाँच प्रतिबद्धतासहित पोखरामा सम्पन्न

पोखरा । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३४औँ केन्द्रीय सभा गण्डकी प्रदेशको पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। माघ ९ र १० गते दुई दिनसम्म न्यूरोडस्थित दीपसागर होटलमा सम्पन्न उक्त सभा प्रतिष्ठानको पोखरा शाखाको आतिथ्यतामा आयोजना गरिएको थियो।

गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. सत्यनारायण सुवालको अध्यक्षतामा सम्पन्न सभामा देशभरबाट २६५ जना प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. तिवारीले नयाँ युवा पुस्तामा बढ्दो जङ्कफुडको प्रयोग र त्यसले निम्त्याउने मुटुरोगको जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। उहाँले सरकारी निकाय, शैक्षिक संस्था तथा निजी क्षेत्रको एकीकृत सहकार्यमा राष्ट्रिय सञ्जाल निर्माण गरी मुटुरोग नियन्त्रणका साझा कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

२०४५ सालमा केन्द्रीय कार्यालय स्थापना भएको प्रतिष्ठानले हाल ७७ वटै जिल्लामा शाखा विस्तार गर्दै मुटुरोगजस्ता नसर्ने रोगविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्दै आएको छ। खानपानमा सुधार, नियमित व्यायाम, स्वास्थ्य परीक्षण र जनचेतना अभिवृद्धि प्रतिष्ठानका प्रमुख कार्यक्षेत्र रहेका छन्। पछिल्लो तथ्याङ्कअनुसार विश्वभर नसर्ने रोगमध्ये करिब ३२ प्रतिशत अकाल मृत्यु मुटुरोगका कारण हुने तथ्य सार्वजनिक भएको छ।

वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मीले मुटुरोग रोकथाम र उपचारका क्षेत्रमा प्रतिष्ठानले निरन्तर योगदान दिँदै आएको उल्लेख गर्नुभयो। सोही अवसरमा उहाँले स्वास्थ्यकर्मीहरूलाई विशेष प्रशिक्षणसमेत प्रदान गर्नुभएको थियो।

कार्यक्रमका विशिष्ट अतिथि गण्डकी प्रदेशका निमित्त स्वास्थ्य सचिव डा. रमेश के.सी.ले मुटुरोग रोकथामका लागि प्रदेश सरकारको तर्फबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले विलासी जीवनशैली अपनाउने वर्गमा मुटुरोगको जोखिम बढी हुने भएकाले निजी क्षेत्रको सक्रिय सहभागितामा जनजागरण अभियान आवश्यक रहेको धारणा राख्नुभयो।

सभामा वार्षिक रूपमा प्रदान गरिँदै आएका विभिन्न सम्मान तथा पुरस्कारहरू प्रदान गरिएका थिए। मुटुरोग निवारणका क्षेत्रमा चेतना अभिवृद्धि तथा व्यवस्थापकीय सुधारमा योगदान पुर्‍याएको कदर गर्दै डा. प्रचण्ड प्रधानलाई “मृगेन्द्र सम्झना चिकित्सा गुठी ओरेसन सम्मान–२०८२” बाट सम्मान गरिएको छ।
त्यसैगरी, ललितपुर शाखामार्फत दीर्घकालीन सेवा पुर्‍याएको योगदानको कदरस्वरूप रूपकान्त राजोपाध्यायलाई “स्व. दामोदरराज शर्मा मुटुरोगी सेवा पुरस्कार–२०८२” (रु. २५ हजार) प्रदान गरिएको छ।
डा. सुमन्त बन्जाडेलाई “मृगेन्द्र सम्झना चिकित्सा गुठी सेवा पुरस्कार–२०८२” तथा बाथ मुटुरोग निवारणमा विशिष्ट योगदान पुर्‍याएका डा. प्रेमराज बैद्यलाई “बाथ मुटुरोग निवारण पुरस्कार–२०८२” (रु. २५ हजार) प्रदान गरिएको छ।

शाखागत कार्यदक्षताका आधारमा सर्लाही शाखालाई रु. ५० हजारसहित शाखा प्रोत्साहन पुरस्कार र मकवानपुर शाखालाई सर्वोत्कृष्ट शाखा पुरस्कार प्रदान गरिएको छ।

सभाको दोस्रो दिन माघ १० गते प्रतिष्ठानको लोगो अंकित टिसर्ट, ज्याकेट र टोपीसहित न्यूरोड–महेन्द्रपुल–नयाँबजार हुँदै पुनः न्यूरोडसम्म प्रभातफेरी आयोजना गरिएको थियो। साथै, केन्द्रीय महासचिव कोमलप्रकाश घिमिरेद्वारा प्रस्तुत आ.व. ०८१/०८२ को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष उत्तमलाल श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको जानकारी प्रतिष्ठान धादिङ शाखाका सभापति तथा केन्द्रीय सदस्य राजकुमार श्रेष्ठले दिनुभयो।

सभाले आगामी दिनमा मुटुरोग निवारणका लागि पाँच महत्वपूर्ण प्रतिबद्धता गर्दै राष्ट्रिय स्तरमा अभियानलाई अझ सशक्त बनाउने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले

    किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले

  • आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

    आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

  • माछापालनबाट आत्मनिर्भर बन्दै शैलेन्द्र

    माछापालनबाट आत्मनिर्भर बन्दै शैलेन्द्र

  • मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

    मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ ११ गते आईतबार

    २०८२ माघ ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३४औँ केन्द्रीय सभा पाँच प्रतिबद्धतासहित पोखरामा सम्पन्न

    नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३४औँ केन्द्रीय सभा पाँच प्रतिबद्धतासहित पोखरामा सम्पन्न

    किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले

    किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले

    आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

    आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

    माछापालनबाट आत्मनिर्भर बन्दै शैलेन्द्र

    माछापालनबाट आत्मनिर्भर बन्दै शैलेन्द्र

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution