भोजपुर, २३ पुस
प्रविधिमैत्री शिक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिका–७ मा रहेको समता विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले विद्यालयलाई चार थान कम्प्युटर हस्तान्तरण गर्नुभएको हो ।
विद्यालयका बालबालिकालाई पठनपाठनमा थप सहजता प्रदान गर्दै प्रविधिमैत्री कम्प्युटर शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ कम्प्युटर वितरण गरिएको उपप्रमुख शेर्पाले बताउनुभयो । विद्यार्थीहरू निवेदनसहित आफ्नै कार्यकक्षमा आएर कम्प्युटरको माग गरेको जानकारी दिँदै उहाँले शिक्षा क्षेत्रलाई गुणस्तरीय र समयसापेक्ष बनाउन स्थानीय सरकारले विशेष ध्यान दिइरहेको उल्लेख गर्नुभयो ।
“मैले यसअघि पनि विभिन्न विद्यालयमा आवश्यकताका आधारमा सहयोग गर्दै आएकी छु”, उपप्रमुख शेर्पाले भन्नुभयो, “स्थानीय सरकारले शिक्षालाई आधुनिक, गुणस्तरीय र प्रविधिमैत्री बनाउन निरन्तर प्रयास गरिरहेको छ ।” कम्प्युटर प्राप्त भएपछि विद्यालयको पठनपाठन अझ प्रभावकारी हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमन प्रधानले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीलाई समय व्यवस्थापन गरेर नियमित रूपमा कम्प्युटर शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
“विद्यालयले कम्प्युटर प्राप्त गरेको छ”, अध्यक्ष प्रधानले भन्नुभयो, “यसले कम्प्युटर शिक्षा सञ्चालन गर्न सहजता थप्ने हाम्रो अपेक्षा छ । विद्यालयले विद्यार्थीलाई प्रविधिमैत्री र समयानुकूल शिक्षा दिन निरन्तर ध्यान दिँदै आएको छ ।”
विसं २०७५ सालदेखि सञ्चालनमा आएको समता विद्यालयमा हाल कक्षा ८ सम्म अध्ययन गर्ने ३४३ विद्यार्थी छन् । विद्यालयका प्रधानाध्यापक मुना पाण्डेका अनुसार विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ ।




प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
| प्रधानसम्पादक : | बद्रि अधिकारी |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |