Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २२, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

महिलामैत्री नीतिका कागजमा मात्र सीमित नरही व्यवहारमा कार्यान्वयन हुनुपर्छः मन्त्री सिन्हा

रासस २७ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २१, सोमबार (१ दिन अघि)
महिलामैत्री नीतिका कागजमा मात्र सीमित नरही व्यवहारमा कार्यान्वयन हुनुपर्छः मन्त्री सिन्हा

काठमाडौँ, २१ पुसः
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले महिलामैत्री नीति कागजमा मात्र सीमित नरही व्यावहारिक रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ। महिलालाई उद्यम, व्यवसाय र स्टार्टअप क्षेत्रमा वास्तविक पहुँच र अवसर दिन नसकेसम्म नीतिको औचित्य पुष्टि नहुने उहाँको भनाइ थियो ।
नीति रिसर्च प्रालिद्वारा आज यहाँ आयोजित ‘स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो’ विषयक अन्तरक्रियामा मन्त्री सिन्हाले महिला उद्यमीलाई उद्योग तथा व्यवसाय क्षेत्रमा प्रेरित गर्नु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले महिलाको उद्यमशीलता विकासले समग्र अर्थतन्त्रलाई मजबुत बनाउने उल्लेख गर्नुभयो ।
“असफलता नै सफलतातर्फको पहिलो पाइला हो, महिलाले काम गर्न सक्छन् कि सक्दैनन् भन्ने बहस अब समाप्त भइसक्यो,” मन्त्री सिन्हाले भन्नुभयो, “अब महिलाहरू काम गरिरहेका छन्, उद्यम गरिरहेका छन् भन्ने यथार्थ स्थापित गर्न आवश्यक छ । त्यसका लागि महिला उद्यमीलाई माथि उकास्न राज्य, निजी क्षेत्र र समाज सबैले सकारात्मक भूमिका खेल्नुपर्छ ।”
मन्त्री सिन्हाले देशका विभिन्न स्थानमा महिलाले ठूला व्यापार तथा उद्योग सफलतापूर्वक सञ्चालन गरिरहेका उदाहरणहरू रहेको उल्लेख गर्दै यस्ता प्रयासलाई थप प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । महिला उद्यमीलाई आवश्यक सीप, लगानी, बजार र नीतिगत सहजीकरण प्रदान गर्न सके आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ ।
“महिला उद्यमीले सञ्चालन गरेका व्यवसायलाई सरकारले प्राथमिकताका साथ सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “महिला उद्यमी सशक्त भए घर परिवार सशक्त हुन्छ, परिवार सशक्त भए समाज र राष्ट्र सशक्त हुन्छ । त्यसैले महिलालाई सशक्त बनाउनु सरकारको दायित्व हो ।”
कार्यक्रममा सहभागी वक्ताहरूले स्टार्टअप क्षेत्रमा महिलाले भोग्दै आएका चुनौती, अवसर तथा आगामी रणनीतिका विषयमा धारणा राख्नुभएको थियो । उहाँहरूले वित्तीय पहुँचको अभाव, सामाजिक सोच, सीप विकास र बजार पहुँचजस्ता चुनौतीहरू समाधान गर्न समन्वित पहल आवश्यक रहेको औँल्याउनु भएको थियो ।
त्यस अवसरमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक ई उमेशकुमार गुप्ताले कार्यपत्र प्रस्तुत गर्दै महिला उद्यमशीलताको वर्तमान अवस्था, नीति संरचना र सुधारका सम्भावित क्षेत्रबारे विस्तृत जानकारी गराउनुभएको थियो ।
नीति रिसर्च प्रालिका निर्देशक वासुदेव न्यौपानेले महिला केन्द्रित स्टार्टअपलाई दीर्घकालीन रूपमा टिकाउ बनाउन नीति, प्रविधि र संस्थागत सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले महिला उद्यमशीलताको प्रवद्र्धनका लागि ठोस कार्ययोजना र प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको थियो
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निर्वाचन आउन ५८ दिन बाँकीः आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

    निर्वाचन आउन ५८ दिन बाँकीः आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

  • प्रदेश सरकार खेलकुद विकासमा लागिपरेको छ : मुख्यमन्त्री पाण्डे

    प्रदेश सरकार खेलकुद विकासमा लागिपरेको छ : मुख्यमन्त्री पाण्डे

  • मन्त्रिपरिषद् बैठकः जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने

    मन्त्रिपरिषद् बैठकः जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने

  • गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु

    गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २२ गते मंगलबार

    २०८२ पुस २२ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन आउन ५८ दिन बाँकीः आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

    निर्वाचन आउन ५८ दिन बाँकीः आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

    प्रदेश सरकार खेलकुद विकासमा लागिपरेको छ : मुख्यमन्त्री पाण्डे

    प्रदेश सरकार खेलकुद विकासमा लागिपरेको छ : मुख्यमन्त्री पाण्डे

    मन्त्रिपरिषद् बैठकः जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने

    मन्त्रिपरिषद् बैठकः जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने

    गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु

    गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution