काठमाडौँ, १४ पुस
यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८८ को बिन्दुमा कायम भएको छ ।
आज ३३७ कम्पनीको एक करोड ३७ हजार ३०७ कित्ता शेयर ६९ हजार ५४८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको छ ।
एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको सबैभन्दा बढी रु २३ करोड दुई लाख ४१ हजार ९३६ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको तीन लाख दुई हजार नौ सय कित्ता शेयर किनबेच भएको छ ।



प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
| प्रधानसम्पादक : | बद्रि अधिकारी |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |