Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

रासस २३ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १३, आईतबार (१ घण्टा अघि)
‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

काठमाडौँ, १३ पुस
नेपालबाट प्रकाशित हुने पात्रो ९पञ्चाङ्ग० कुन सिद्धान्तका आधारमा गर्ने भनी नेपालका विद्वानहरूले मात्र निर्णय गर्न नसकिनेमा जोड दिइएको छ । विश्व ज्योतिष महासङ्घको राष्ट्रिय समिति नेपाल, नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासङ्घ र राष्ट्रिय महिला ज्योतिष सङ्घको संयुक्त आयोजनामा शनिबार राजधानीमा भएको राष्ट्रिय ज्योतिष सम्मेलनमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले चाडपर्व र संस्कृति अन्य देशसँग पनि एकापसमा सम्बन्धित रहेकाले निर्णय पनि संयुक्त रूपमा गरिनुपर्ने बताउनुभएको हो । यसका लागि अन्य देशका ज्योतिषविद् पनि बोलाएर सम्मेलन गरी निर्णयमा पुग्नुपर्ने सुझाव समितिले पेस गरेको छ ।

नेपाल, भारतलगायत देशका ज्योतिषीको सम्मेलनले संयुक्त रूपमा निर्णय नगरिए भारतका भक्तजन अघिल्लो दिन महाशिवरात्रि भनेर पशुपतिनाथमा आउने र नेपालले अर्कै दिनमा मनाउने अवस्था आउन सक्नेतर्फ पनि उहाँले ज्योतिषीहरूको ध्यानाकर्षण गराउनुभएको थियो । यस्तो अवस्था जनकपुरमा मनाइने विवाह पञ्चमीमा हुनसक्ने पनि अध्यक्ष ढकालको भनाइ थियो ।

कार्यक्रममा समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले २०८३ सालको पात्रो २०८२ सालकै जस्तोगरी प्रकाशन गरिने र २०८४ सालमा पात्रो प्रकाशन गर्नुअघि विस्तृत छलफल गरेर गरिने बताउनुभयो । कार्यक्रममा विश्व ज्योतिष महासङ्घका केन्द्रीय अध्यक्ष लोकराज पौडेलले २०८४ सालको पात्रो आकाशमा जुन अवस्थामा ग्रहहरू छन्, त्यही स्वरुप पात्रोमा झल्कने गरी प्रकाशन गरिनुपर्ने माग गर्नुभएको थियो ।

कार्यक्रममा समितिका पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, पूर्वकार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल, महासङ्घ नेपाल समितिका अध्यक्ष देवराज गौतमलगायत ज्योतिषीले पात्रो सुधार गरिनुपर्ने, नेपालको ज्योतिष एवं धर्मशास्त्रको क्षेत्रमा पनि सुधार गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

  • रवि र बालेनबीच ७ बुँदे सहमती

    रवि र बालेनबीच ७ बुँदे सहमती

  • निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

    निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

  • Post Thumbnail

    चितवनमा ज्येष्ठ नागरिकका लागि आवास केन्द्र सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    रवि र बालेनबीच ७ बुँदे सहमती

    रवि र बालेनबीच ७ बुँदे सहमती

    निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

    निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution