Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

प्रत्यूष २४ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष ११, शुक्रबार (१ घण्टा अघि)
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

धादिङबेशी । धादिङको राजनीतिमा एक निडर, हक्की र जनताको सुख–दुःखमा सधैं साथ रहने नेताका रूपमा चिनिएका क. राम बहादुर भण्डारी यस पटक चुनावी मैदानमा उत्रिने तयारीमा देखिएका छन् । शनिबार धादिङबेशीमा आयोजित नेकपा क्षेत्र नं. २ को बैठकले उनलाई प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष उम्मेदवारका लागि पहिलो प्राथमिकतामा राख्दै सिफारिस गरेको छ ।

भण्डारीको पहिचान केवल एउटा पार्टी नेतामा मात्र सीमित छैन । उनलाई धादिङका स्थानीयहरू प्रशासन र सरकारी अड्डामा जनताको काम मिलाइदिने सारथिका रूपमा चिन्छन् । जनताको समस्या बोकेर सरकारी कार्यालय धाउनु र अन्याय विरुद्ध आवाज उठाउनु उनको दैनिकी जस्तै बनेको छ ।

उहाँ खरो र हक्की स्वभावको हुनुहुन्छ । आफ्नै पार्टीभित्रका केही व्यक्तिहरू उहाँको स्पष्टवक्ता स्वभावका कारण सशंकित भए पनि विपक्षीहरू भने उहाँको तर्क र आँट देखि सधैं डराउने गर्छन् ।
दश वर्षे जनयुद्धका क्रममा आफ्नो परिवार समेत गुमाएका भण्डारीलाई ज्युँदा सहिद भनिन्छ । त्याग र बलिदानको लामो इतिहास बोकेका कारण यस पटक पार्टीले उनलाई न्याय गर्ने विश्वास कार्यकर्तामा छ । बैठकमा सहभागी एक नेताका अनुसार, आजको जेन्जी आन्दोलन र बदलिँदो राजनीतिक परिवेशमा भण्डारी जस्तो नयाँ र जुझारु अनुहारले मात्रै जनताको भावना सम्बोधन गर्न सक्छ ।

धादिङ २ बाट भण्डारीसहित अन्य ७ जनाको नाम पनि जिल्ला कमिटीमा पठाइएको छ । अब यो सिफारिस जिल्ला हुँदै प्रदेश र केन्द्रबाट अनुमोदन हुन बाँकी छ । यदि केन्द्रले उनको नाममा अन्तिम मोहोर लगाएमा उनि प्रत्यक्षतर्फका उम्मेदवार बन्नेछन् ।
पार्टी र जनताले म माथि विश्वास गरेर सर्वसम्मत रूपमा अगाडि सारेमा यस क्षेत्रमा पार्टीको जित सुनिश्चित छ । म व्यक्तिगत स्वार्थका लागि होइन, जनताको हक र विकासका लागि लड्न तयार छु ।

शनिबारको यो सिफारिसले धादिङको राजनीतिमा युवा र पुराना पुस्ताबीचको सन्तुलन मिलाउने संकेत गरेको छ। केन्द्रले भण्डारीको नामलाई कत्तिको प्राथमिकता दिन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस
ज्वालामुखी गाउँपालिका सम्बन्धि थप
  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

  • आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

  • बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ११ गते शुक्रबार

    २०८२ पुस ११ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution