Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

प्रत्यूष १५४ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष ५, शनिबार (१ महिना अघि)
धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

धादिङबेशी ५ पुस । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले धादिङ अस्पताललाई सुविधासम्पन्न र नमुना अस्पतालका रूपमा विकास गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ । धादिङ अस्पतालको ४९औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अस्पतालको भौतिक पूर्वाधार, प्रविधि र जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारले ठूलो लगानी र दीर्घकालीन योजना अघि सारेको जानकारी दिनुभयो ।

मन्त्री थापा मगरका अनुसार लामो समयदेखि अल्झिएको अस्पतालको जग्गा स्वामित्व सम्बन्धी विवाद समाधानको अन्तिम चरणमा पुगेको छ । संघीय मन्त्रालयअन्तर्गत रहेको ३४ रोपनी जग्गा धादिङ अस्पतालको नाममा ल्याउने प्रक्रिया चाँडै टुंगिने र त्यसपछि करिब ५० करोड रुपैयाँको लागतमा आधुनिक भवन निर्माण अघि बढाइने उहाँले बताउनुभयो । यसअघि जग्गा समस्याकै कारण ३ करोड रुपैयाँ बजेट फ्रिज भएको अवस्था अब दोहोरिन नदिइने उहाँको भनाइ थियो ।

धादिङबासीका लागि अर्को महत्वपूर्ण घोषणा गर्दै मन्त्री थापा मगरले यसै वर्षदेखि धादिङ अस्पतालमा नर्सिङ कलेज सञ्चालनको प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो । “अब नर्सिङ पढ्न धादिङका छोराछोरी काठमाडौँ जानुपर्ने अवस्था हट्छ,” उहाँले भन्नुभयो । प्रदेश सरकारले धादिङसहित पाँचवटा प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालन गर्ने तयारी गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

यससँगै अस्पतालमा जटिल रोगको पहिचानका लागि आवश्यक सिटी स्क्यान (CT Scan) सेवा थप गर्ने प्रस्ताव पेश भइसकेको र डायलाइसिस सेवालाई अझ सुदृढ बनाइने प्रतिबद्धता पनि मन्त्रीले जनाउनुभयो ।
स्वास्थ्य चेतनाबारे चर्चा गर्दै मन्त्री थापा मगरले विकासको अर्थ केवल बाटो, पुल र भवन मात्र नभएको उल्लेख गर्नुभयो । नसर्ने रोगका कारण देशमा ७१ प्रतिशत मृत्यु भइरहेको तथ्य प्रस्तुत गर्दै उहाँले स्वास्थ्य र शिक्षालाई आगामी बजेटमा प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा प्रदेश सरकारले सञ्चालन गरिरहेका दुई महत्वपूर्ण कार्यक्रमबारे पनि मन्त्रीले जानकारी दिनुभयो । ‘एक विद्यालय एक नर्स’ कार्यक्रमअन्तर्गत हाल ५०० विद्यालयमा नर्स कार्यरत रहेको र यस वर्ष थप १०० विद्यालयमा विस्तार गरिने उहाँले बताउनुभयो । यस कार्यक्रमले किशोर किशोरीको प्रजनन स्वास्थ्य र कुलत न्यूनीकरणमा सकारात्मक प्रभाव पारेको उहाँको भनाइ थियो । त्यस्तै, ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ३० वर्ष माथिका नागरिकको वडा–वडामै पुगेर नसर्ने रोगको स्क्रिनिङ भइरहेको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा उपस्थित स्थानीय तहका जनप्रतिनिधिहरूले स्वास्थ्य क्षेत्रमा बजेट र चासो बढाएकोमा मन्त्री थापा मगरले प्रशंसा गर्नुभयो । धादिङ अस्पताललाई नमुना अस्पतालका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले स्वस्थ जीवनशैली अपनाउन सबै नागरिकलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution